तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । संयुक्त राष्ट्र सङ्घका महासचिवले दक्षिण सुडानमा तैनाथ कालीध्वज गण (शासे) दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई जातीय हिंसात्मक झडप रोक्न अदम्य साहस र पहलकदमी लिएकामा कदरस्वरुप प्रशंसापत्र प्रदान गरेको छ । जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको सो मुलुकमा त्यस्ता घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकले पु¥याएको योगदानलाई राष्ट्र सङ्घले उच्च प्रशंसा गरेको हो ।

अस्थायी परिचालनका लागि तैनाथ नेपाली शान्ति सैनिकले गत मङ्सिरमा क्यइवेत नजीक हतियारधारी जातीय समूहबीच उत्पन्न भएको हिंसात्मक झडपमा बफर जोनका रुपमा परिचालन भई कार्य गरेको जनाउँदै राष्ट्रसङ्घीय महासचिवबाट प्रशंसापत्र प्राप्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेना शान्ति सैनिकले छोटो समयमा लिएको अदम्य साहस र पहल कारण त्यहाँ ठूलो जनधनको क्षति हुनबाट जोगिएको थियो । सम्भावित ठूलो जातीय हिंसात्मक झडप हुनबाट रोक्न सफल भएकामा उक्त कार्यको कदरस्वरुप सहसेनानी विष्टलाई प्रशंसापत्र प्राप्त भएको सेनाले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …