तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल काङ्ग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाणले नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएकाले तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन ।

खाणले समाजिक सन्जाल मार्फत भनेका छन मुलुक अहिले कोभिड -१ ९ का कारण आक्रान्त भैरहेको अवस्थामा यो महामारी नियन्त्रण , न्यूनिकरण तथा उपचारका लागि चिकित्साकर्मी डाक्टर , नर्स , स्वास्थ्यसेवक , सुरक्षाकर्मीहरु ठूलो जोखिम लिएर अहोरात्र खट्नुभएको छ । म फ्रन्टलाईनमा खट्नुहुने उहाँहरुको अभूतपूर्व योगदानलाई हार्दिक सम्मान गर्दै स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।

उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि कुटपिट भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …