तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौ। काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको नयाँ भेरियन्ट बढेसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कोभिड कन्ट्रोल व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मङ्गलबार बसेको छुट्टाछुट्टै बैठकले आदेशको अवज्ञा गर्ने तथा कार्यान्वयन नगर्ने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही एवं सजाय हुने जनाएको छ । 

उपत्यकामा सञ्चालित होटल तथा रेस्टुराँहरू बिहान ८ देखि साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । ‘मास्क’ प्रयोग नगरेका व्यक्तिलाई सरकारी तथा गैरसरकारी कार्यालय, सार्वजनिक यातायात, होटल तथा रेस्टुराँ, बैङ्क र पसल प्रवेश निषेध गरिएको छ । लामो दूरीका सार्वजनिक सवारी साधनहरूमा बीच बाटोमा थप यात्रु चढाउने र ओराल्ने कार्यमा रोक लगाई सुरुको गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म पुग्ने यात्रुको विवरण सम्बन्धित प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको छ । 

काठमाडौँ उपत्यका भित्र आवतजावत गर्ने सर्वसाधारण नागरिकका लागि मास्कबिनाको यात्रामा रोक लगाइएको छ । दैनिक रूपमा सवारी साधन निःसङ्क्रमित गर्नुका साथै चालक र सहचालकलाई मास्क, भाइजर र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । सार्वजनिक यातायातका साधनमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना नगरी सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी साधन र चालकलाई कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको हो ।घर–कोठाबाट बाहिर निस्कँदा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

त्यस्तै मठ–मन्दिर, गुम्बा, चर्च र मस्जिदलगायतका धार्मिक स्थलहरूमा नित्य पूजा, ध्यान र प्रार्थनाबाहेक अन्य धार्मिक गतिविधि सञ्चालनमा रोक लगाइएको छ । पच्चीस जनाभन्दा बढीको उपस्थितिमा गरिने कुनै पनि औपचारिक कार्यक्रममा सामाजिक दूरी पालना गर्न आग्रह गरिएको छ । 

विभिन्न सपिङ मल, सुपरमार्केट र डिपार्टमेन्ट स्टोरहरूलाई २५ जनाभन्दा बढी भीडभाड नगर्न नगराउन आग्रह गरेको छ । बाक्लो भीडभाड लाग्ने मनोरन्जस्थल, जिम क्लब, रात्रिकालीन व्यवसाय, खेलकुदलगायतका गतिविधि वैशाख मसान्तसम्मका लागि बन्द गरिएका छन् । 

विद्यालय तथा कलेजहरूलाई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाउन र विश्वविद्यालय तथा कलेजबाट सञ्चालित पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सञ्चालन गर्न आग्रह गरेको छ । 

सामाजिक संस्कार तथा पर्व मनाउँदा एकाघरको परिवारले घर कम्पाउन्डभित्र अनुमति लिनुपर्ने छैन तर पार्टी प्यालेसमा भने २५ जनासम्मको उपस्थितिमा मनाउँदा पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने छ । 

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले घर आँगन, कार्यालय तथा सडक किनारा र सार्वजनिक स्थानमा जथाभावी थुक्ने, फोहोर गर्ने, प्रयोग गरिएका मास्क फाल्नेलाई कारबाही हुने चेतावनी दिनुभयो । 

पीसीआर गर्न दिएकाले परीक्षणको रिपोर्ट नआएसम्म आफखुसी हिँडडुल, भेटघाट र बैठक नगर्न नगराउन निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालय ललितपुरले होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई चिकित्सकको नियमित सम्पर्कमा बस्न आग्रह गरेको छ । 

त्यस्तै, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र सामाजिक दूरी पालना भए नभएको अनुगमन गर्न र मास्क प्रयोग नगर्नेविरुद्ध कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयका अतिरिक्त प्रहरी, स्थानीय जनप्रतिनिधि, कर्मचारी र सामाजिक सङ्घसंस्थालाई परिचालन गरिएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …