तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । पछील्लो २४ घण्टामा नेपालमा १ हजार २२७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठजना सङ्क्रमितको मृत्यु पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा सात हजार एक जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार २२७ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ । नेपालमा अहिलेसम्म २३ लाख ५२ हजार ५०२ वटा आरटीपीसीआर परीक्षण गरिएको छ ।

यस्तै, मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ ।  ५४७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।स्

वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८५ हजार नाैसय पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा २५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । 

हालसम्म दुई लाख ७५ हजार ५५५ जना सङ्क्रमित निको भएका छन् ।मन्त्रालयका अनुसार नेपालमा हाल सात हजार २५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । अहिले ८१ जना हाल क्वारेन्टिनमा छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …