तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बैतडी । बैतडीमा दोस्रो फलामखानी भेटिएको छ ।पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो । 

सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी भेटिएको वडाध्यक्ष गगनसिंह धामीले बताउनुभयो । 

फलामखानी भएको स्थान पाटन नगरपालिकाको खोड्पेबाट एक घण्टाको दूरीमा रहेको छ । जयपृथ्वी मार्गको वृन्द्रावनबाट आधा घण्टामा खानी नजिक पुग्न सकिन्छ । फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो सम्भावना देखिएको सुभम मिनिरल्स प्राइभेट कम्पनीका श्याम अधिकारीले बताउनुभयो । 

अधिकारीले भन्नुभयो, “८० प्रतिशतसम्म फलाम भेटिएको छ । विस्तृत अध्ययन भइरहेको छ । बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ छ । सुरुमै फलाम भेटिँदा भने हामी उत्साहित बनेका छौँ । 

फलामखानी सञ्चालनमा आए रोजगारी सिर्जना हुने सिगा गाउँपालिका–१ का वडाध्यक्ष गगनसिंह धामीले बताउनुभयो । 

धामीले भन्नुभयो, “गाउँमा रोजगारी नहुँदा भारत जानुपर्ने बाध्यता छ । खानी उत्खनन हुनसके गाउँमै रोजगारी सिर्जना हुन्छ । 

फलामखानीको विस्तृत अध्ययन गर्न आएको टोलीलाई स्थानीय सरकारले सक्दो सहगोग गरिरहेको अध्यक्ष धामीले बताउनुभयो । 

यसअघि बैतडीको पुरचौडीमा रहेको फलाखानीबाट स्थानीयले भाँडाकुडा बनाउने गरेका थिए । द्वन्द्वकालमा बन्द भएको पुरचौडीको फलामखानीमा अहिले पनि करिब तीन सयभन्दा बढी खाल्डा रहेका छन् । 

पुरचौडीको फलामखानी निरीक्षण गर्न खानी तथा भूगर्भ विभागको टोली आए पनि फलाम उत्खननको काम अगाडि नबढेको पुरचौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवरले बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …