तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।जनसङ्ख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न प्राप्त हुने सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढङु्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले आज अर्थ मन्त्रालयमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा सचिव ढुङ्गानाले कम्तिमा पनि ७२ प्रतिशत नेपालीलाई खोप लगाउने सरकारको बृहत् योजनाका लागि यो अतिरिक्त वित्तीय सहयोग महत्वपूर्ण भएको बताउँदै कोभिड–१९ महामारीको प्रतिकार्यका लागि कोभिड–१९ विरूद्घका खोप खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजनाअनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ तुल्याउन अति उपयोगी हुन्छ भन्नुभयो ।

कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामूलक र द्रुत पहुँच विस्तार गर्न तथा महामारीबाट जीवन जोगाउन र उत्थानशील पुनर्लाभ पाउन महत्वपूर्ण हुनेछ,” राष्ट्रिय निर्देशक जर्भोसले भन्नुभयो । यसअघि बैंकले रु तीन अर्ब ३० करोड बराबरको कोभिड–१९ आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणालीका लागि सहुलियतमा ऋण प्रदान गरेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …