तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रममात्र प्रस्ताव गर्न मन्त्रालयका प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको बिहीबार भएको छलफलमा अर्थमन्त्री पौडेलले सो आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न अनुरोध गर्दै बहुवर्षीय योजनाहरुमा पनि खर्च गर्न सक्नेजति मात्र बजेट माग्न आग्रह गर्नुभएको उहाँको प्रेस संयोजक भुवन केसीले जानकारी दिनुभयो ।

सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने सीमा रहेको चर्चा गर्नुहुँदै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । बजेट राख्दा र कार्यान्वयनमा अन्तर मन्त्रालयबीच समन्वयको आवश्यकता हुने पनि चर्चा गर्नुभयो ।

कोभिड १९ ले पर्यटन क्षेत्रमा पारेको असरलाई बजेट र नीतिमार्फत सम्बोधन गरिने बताउनुहुँदै अर्थमन्त्री पौडेलले प्राथमिकता हेरेर कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्नुभयो ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड १९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई ध्यान दिन आग्रह गर्नुभयो ।

आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमहरुभन्दा संघीयताको मर्म र भावनाअनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनुपर्ने सुझाव दिनुभयो । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालयहरु र सरोकारवाला पक्षसँग छलफल गर्दै सुझाव संकलन गरेको प्रेस संयोजक केसीले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …