तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

काठमाण्डौ । नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता एवम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकाश सिंह कार्कीले कोरोनाको दोस्रो लहरले नेपाललाई अझ बढी खतराको बाटो तिर लाने आकलन गर्नुभएको छ । कोरोना सङ्क्रमणले नै गर्दा देशमा आर्थिक भार थपिएको बताउनुभयो ।

नेपालमा कोरोना भित्रिएको एक बर्षमा कोभिड १९ को प्रभाव बिषयमा आफ्ना धारणा राख्दै काङ्ग्रेस नेता कार्कीले लाखौं लाख मजदुरको रोजिरोटी खोसिनु दु:खद भएको भन्दै उनीहरूको सरकारले तत्काल व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

सरकारले कोरोनाको लहर एक वर्ष सम्म चली रहदा धेरै बोलेर थोरै काम गरेको समेत आरोप लगाउनु भयो । भ्रमण बर्ष २०२० मै यस्तो अवस्था आउदा पर्यटन, ट्राबल, ट्रेकिङ लगायत ब्यवसायहरु बन्द हुदा उधोगीहरु बैंकको ऋणमा चुर्लुम्म डुबेको प्रष्ट पार्नुभयो ।

आर्थिक क्षतिपूर्तिलाई सहज वातावरण भैसकेपछी पनि अझै पाँच बर्ष सम्म आर्थिक परिपुर्ति हुन नसक्ने दुख व्यक्त गर्नुभयो ।

पर्यटन ब्यवसायबाट उठने कर शुन्यमा आउनु र यस बर्षको बजेट मौन बस्नु दु:खद रहेको नेता कार्कीको गुनासो रहेको छ।नेपाललाई पुर्ववत अवस्थामा लान सबै सक्रिय रुपबाट लागि पर्न आग्रह गर्नुभयो । केन्द्रिय सदस्य कार्कीले राम्रो काम गर्नेलाई पुरस्कार र बिगार्न खोज्नेलाई दण्डको ब्यवस्था गर्ने पक्षमा आफू रहेको प्रष्ट पार्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …