तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं।आर्थिक वर्ष ०७७-०७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा एक तिहाइमात्र बजेट खर्च भएको छ भने राजस्व असुली पनि ६० प्रतिशतको आधामात्र भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्षको दोश्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा भएको छलफलका अनुसार चालू आर्थिक वर्षको कूल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेटमध्ये आठ महिनामा ५ खर्ब ७१ ऋर्ब २८ करोड अर्थात् ३८.७४ प्रतिशतमात्र खर्च भएको छ । 

कुल खर्चमध्ये चालूतर्फ ४८.१८ प्रतिशत छ भने पुँजीगततर्फ २२.४४ र वित्तीयतर्फ २०.५९ प्रतिशतमात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । स्वयं अर्थ मन्त्रालयको पनि कुल खर्च २७.१८ प्रतिशतमात्र छ । अर्थ मन्त्रालयमा ३४ अर्ब ९४ करोड बजेट रहेकोमा चालू खर्च ३२.४६ प्रतिशत र पुँजीगत खर्च १३.३१ प्रतिशतमात्र छ । एकातिर मन्त्रालयहरु खर्च गर्न सकिरहेका छैनन् भने अर्कोतिर आगामी आर्थिक वर्षको बजेट सिलिङ कम भएको गुनासो गर्दैछन् ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले प्रस्तुत गरेको आर्थिक वर्षको दोस्रो दोश्रो चौमासिक प्रगति समीक्षा र चुनौतीहरुसम्बन्धी प्रस्तुतीकरण अनुसार, फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ अर्थात् लक्ष्यको ५९.६९ प्रतिशत राजस्व असुली भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व असुल्ने लक्ष्य राखिएकोमा ११ चैत्रसम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको छ ।

अर्थ मन्त्रालयका अनुसार, आठ महिनामा १ खर्ब ६९ अर्ब ३१ करोड ऋण र १८ अर्ब १२ करोड अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौता भएको छ । त्यसैगरी आठ महिनामा ८ खर्ब ४३ अर्ब ९८ करोड बराबरको वस्तुको आयात भएको छ भने ८० अर्ब ७७ करोड बराबरको वस्तु निर्यात भएको छ। कारोबार दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …