तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन्द्र यादव

नवलपरासी पश्चिम । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट करिब दुई लाख ७२ हजार ९ सय ६० रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी एक लाख ३७ हजार ५ सय २० रुपैया मुल्य बराबरको अमुल फ्रेस क्रिम २ कार्टुन, मख्खन ४ कार्टुन, पास्ता ५ किलो, जेन्स सर्टको कपडा २२ रोल, तन्ना २० पिस र नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी २० हजार २ सय ४० रुपैया मुल्य बराबरको २ सय ४० लिटर डिजल प्रतापपुर गाउँपालिका वडा नम्बर ७ सुर्यपुराबाट बरामद गरेको हो । 

उक्त मालसामान मोटरसाईकलमा राखी ल्याउदै लैजादै गर्दा प्रहरी टोलीलाई देखि सोही स्थानमा छाडी मानिस  मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । 

यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख १५ हजार २ सय मुल्य बराबरको ९६ पिस कुर्ता सुरुवाल पाल्हिनन्दन गाँउपालिका वडा नम्बर .२ भक्सिपुरबाट बरामद गरेको छ । 

बरामद भएका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …