तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सरकारले होटल तथा रेस्टुरेन्ट उद्योगलाई कोरोना अवधिको तिर्नुपर्ने विद्युत् महसुल शुल्क छुट दिएको छ । सरकारको निर्णयले बन्दाबन्दी घोषणा गरेको मिति ९ चैत २०७६ चैतदेखि २०७७ भदौ मसान्तसम्म होटल उद्योगले भुक्तानी गर्नुपर्ने विद्युत् शुल्क शतप्रतिशत मिनाहा गरिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले होटल उद्योगको रूपमा सञ्चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई शुल्क छुट दिने निर्णय भएको बताएका छन् । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विद्युत् महसुल छुट दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले १ असोजदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा पनि ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

गत ५ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई नायब महान्यायाधिवक्तामा बढुवा गरी महान्याधिवक्ताको कार्यालयमा पदस्थापन गरेको छ । यस्तै, सहसचिव तोयानाथ अधिकारीलाई बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरेको छ ।

सरकारले नेपाली सेनाका प्राविधिक महासेनानी डा. सरिता केसीलाई प्राविधिक सहायक रथीमा र प्राविधिक प्रमुख सेनानी डा. मुन थापालाई प्राविधिक महासेनानीमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्ले नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल (तामाङ)लाई नियुक्त गरेको छ । सरकार प्रवक्ता गुरुङले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको अध्यक्षमा विनोदकुमार जोशीलाई नियुक्त गरेको जानकारी दिए ।यस्तै, बैठकले नेपाल र बंगलादेशबीचको ट्रान्जिट रेलवे रुटको एलओई स्वीकृत गर्ने निर्णय छ ।

सरकारले तत्कालीन पञ्चायती शासन व्यवस्था विरोधी आन्दोलनमा सहभागी भएका कारण सरकार पक्षबाट हत्या भएका झापाको बिर्तामोड नगरपालिका–९ का स्वर्गीय चन्द्र डाँगी र बुद्धशान्ति गाउँपालिका–१ का स्वर्गीय रामप्रसाद प्रधानलाई शहीद घोषणा गर्ने निर्णय गरेको पनि गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …