तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मुल्य बृद्धि गरेको छ । आज राती १२ बजे देखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपि ग्यासको मुल्य बृद्धि गरेको हो ।

प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ । अन्तर्रािष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मुल्य क्रमिक रुपमा बृद्धि हुँदै गएको र हाल १ फेब्रुअरी र १६ जनवरीमा ईण्डियन आयल कर्पाेरेशनले पठाएको मुल्य अनुसार निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ र ग्यासमा प्रतिलिटर २५ रुपैयाँ बृद्धि गरी मुल्य समायोजन गरेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए । उनका अनुसार निगमले खाना पकाउने एलपि ग्यासको मुल्य करिब एक वर्ष पछि पठाएको छ । निगमले खाना पकाउने ग्यासको मुल्य गतवर्ष २० माघमा राती १२ बजे लागु हुने गरी १३ सय ७५ रुपैयाँ कायम गरेको थियो । आज राती १२ बजे देखि ग्यासको प्रतिलिटर २५ रुपैयाँ बढाएर १४ सय रुपैयाँ पर्ने छ ।

यसैगरी पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ बढाएपछि अब पेट्रोलको खुद्रा मुल्य १ सय १२ र डिजेल ९५ रुपैयाँ भएको छ । प्रवक्ता उपाध्यायका अनुसार निगमले पेट्रोलिय पदार्थको मुल्य समायोजन पछि प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ १६ पैसा प्रतिलिटर डिजेल ३ रुपैयाँ ०१ पैसा घाटा हुने भएको छ ।

खाना पकाउने एलपि ग्यासमा प्रति सिलिण्डर २ सय ९५ रुपैयाँ ८३ घाटा रही अर्धमासिमक करिब ७३ करोड ८७ लाख रुपैयाँ घाटा व्यहोर्नु पर्ने प्रवक्ता उपाध्यायले जानकारी दिए । उनले सो घाटा रकम स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति गर्ने बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …