तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको उत्पादन रोक्का गरेको छ भने एक उद्योगको उत्पादन फुकुवा गरेको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा चिसो पेय पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छता मापदण्डअनुरुप नपाइएका कैलालीका पाँच र कञ्चनपुरका तीन गरी आठवटा उद्योगलाई खाद्य ऐन बमोजिम उत्पादन रोक्का गरिएको र एकको मापदण्ड सुधार गरिएकाले उत्पादन फुकुवा गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए ।

जसमा कञ्चनपुरको कौशल कञ्चन मिनरल शुक्लाफाँटा झलारी पानी उद्योगले मापदण्ड सुधार नगरेसम्मका लागि उत्पादन रोक्का राखिएकोमा मापदण्ड सुधार गरी कार्यालयमा जानकारी गराएकोले उत्पादन फुकुवा गरिएको उनले बताए । कैलालीका मापदण्ड नपुगी उत्पादन रोक्का रहेका प्रशोधित पानी उद्योगमा कैलाली बाटर इण्डष्ट्रिज धनगढी, न्यू एभरेष्ट अनुज उद्योग टीकापुर, एक्वा कर्णाली अमृत एण्ड बेभरेज इष्डष्ट्रिज लम्किचुहा, एनकेडिजे बेभरेज एण्ड प्याकिङ उद्योग लम्किचुहा र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगमा अनुज एभरेस्ट उद्योग टीकापुर रहेका छन् ।

कञ्चनपुरका प्रशोधित पानी उद्योगमा डेली ड्रिङ्किङ बाटर एण्ड मल्टी प्रोडक्सन उद्योग पुर्नवास, ब्लु बर्ड बाटर टिटमेन्ट एण्ड सप्लायर्स भीमदत र शिवशङ्कर बाटर एण्ड मल्टि प्रोडक्सन भासी रहेका छन् । स्वच्छतामापदण्ड पालना नगरेको हुँदा मापदण्ड सुधार नगरेसम्मका लागि आठ उद्योगको सिलबन्दीसहित उत्पादन रोक्का राखिएको बताइएको छ । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक वर्ष २०७७र७८ प्रथम चार महिनाको अवधिमा खाद्य नमूना विश्लेषण र दाना नमूना विश्लेषणबाट रु पाँच लाख ७३ हजार १६५ राजश्व सङ्कलन गरेको जनाइएको छ ।

म्याद गुज्रेका खाद्यसामग्री नष्ट

कार्यालयले विभिन्न स्थानमा रहेका खाद्य पसल, मिठाइ पसल तथा होटलको अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य पदार्थ नष्ट गरेको छ । अनुमानित मूल्य रु ४७ हजार ५२० बराबरको खाद्य पदार्थ नष्ट गरिएको कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले बताए ।

नूनको गुणस्तर अनुगमन

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा आयोडिनयुक्त नून आपूर्ति गर्ने संस्था साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड धनगढ़ीले भारतबाट आयात गरी धनगढीमा रहेको प्रशोधन युनिटबाट प्याकिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने नूनको गुणस्तरको अनुगमन गरेको छ । आयात प्रक्रिया, प्रशोधन प्रक्रिया, भण्डारण र बिक्री वितरण प्रक्रियालगायत नूनको गुणस्तर नियन्त्रण प्रक्रिया सम्बन्धमा स्थलगत अनुगमन गरेको हो ।

कर्पोरेशनको प्रशोधन केन्द्र, गोदाम, धनगढी बजारमा नूनको १० वटा नमूना सङ्कलन गरी नूनमा सोडियम क्लोराइडको मात्रा र आयोडिनको मात्राको प्रयोगशाला परीक्षण गरी अनुगमन प्रतिवेदन र प्रयोगशाला प्रतिवेदन विभागमा पेश गरिएको जनाइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …