तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता
 काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सवै कमर्सीयल बैंकहरुले सार्वजनिक गरेका छन् । २७ कमर्सीयल बैंक मध्ये १८ वटाको नाफा घटेको छ भने बाँकी ९ वटाको मात्रे नाफा बढेको छ ।

नाफा बढाएक बैंकहरुमा पनि धेरैको थोरै मात्रै सुधार भएको देखिन्छ । केही बैंकले नाफा बढाए पनि समग्रमा बैंकहरुको तीन महिनाको आम्दानी गत आर्थिक वर्षको तुलनामा ८० करोड रुपैयाँ कम देखिएको छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १५ अर्ब ५५ लाख रुपैयाँ नाफा कमाएका थिए तर चालु आर्थिक वर्षमा १४ अर्ब ७६ करोड रुपैयाँ मात्र कमाएका छन् । अझ रोचक कुरा त केहि वर्ष यता मूनाफा सधै नम्बर वान हुँदै आएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा धेरै घटेको छ ।

नाफा बढडाउन नसक्दा पहिलो नम्बरमा रहेको यो बैंक छैठौं स्थानमा तल झरेको छ । आखिर बैंकहरुको नाफा के कारणले घटयो त ? राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ कोरोनाको निकै नराम्रो असर नाफामा देखिएको बताउँछन् ।

समग्र बैंकहरुको नाफा प्रभावित हुनुको प्रमुख ४ कारण रहेको सीईओ श्रेष्ठले बताए । पहिलो कारण भने ऋणको माग नहुने भएको श्रेष्ठले बताए । ‘कोरोनाका कारण व्यापार व्यवसायहरु बन्द भए, नयाँ व्यवसायहरु पनि सञ्चालनमा आउन सकेनन्’ श्रेष्ठ भन्छन्, ‘यसले गर्दा कर्जाको माग भएन, कर्जाके माग नै नभएर पैसा त्यसै बस्ने अवस्था आएपछि नाफामा असर पर्ने नै भयो ।’

दोस्रो कारण भने ऋणको ब्याजदर भएको उनले बताए । तेसं्रो र चौथो कारण भने श्रेष्ठ कमिशन घट्नु तथा ऋणको किस्ता तथा ब्याज असुल समेत हुन नसक्ने भएको उनको तर्क छ । कोभिड शुरु भए पछि ऋण तिर्ने म्याद पर सारिएको छ ।

देशमा लकडाउन हुँदा कऋणीहरुले किस्ता तिर्न सकेनन् । अर्को तर्फ कर्जा लगानी सुस्ताए पछि ऋणको ब्याज समेत घटाउनु पर्ने बाध्यता बैंकहरुलाई आइलाग्यो । अर्को तर्फ बैंकहरुले लिने सेवा शुल्क लगायतका विभिन्न कमिशनहरु पनि घटेका कारण असर परेको छ । जसका कारण अहिले बैंकको नाफामा असर देखिएको श्रेष्ठको भनाई छ ।

स्वीकृत भएको कर्जा पनि गएन
कर्जाको माग सुस्ताउनु, ब्याज घट्नु, कमिशनहरु घटाइनु तथा लगानीमा रहेका ऋणको साँवा तथा किस्ता समेत नउठ्नुको कारण भने कोरोना नै भएको सीईओ श्रेष्ठ बताउँछन् । अर्कोतर्फ कोरोना शुरु भएपछि स्वीकृत भएको कर्जा समेत लगानी हुन नसक्दा त्यसको पनि असर देखिएको उनको भनाई छ ।

‘कोरोनाका कारण नयाँ व्यवसायहरु आउन सकेनन्, गएका ऋणहरु पनि उठ्न सकेका छैनन्’ उनले भने, ‘हुँदा हुँदा स्वीकृत भइसकेको कर्जा पनि लगानी हुन नसकेपछि त अप्ठेरो पर्ने नै भयो ।’

सीईओ श्रेष्ठका अनुसार राष्ट्रिय वाणिज्य बैंकको मात्रै १२ देखि १४ अर्ब रुपैयाँ स्वीकृत भइसकेको कर्जा पनि लगानी हुन बाँकी रहेको छ । यसले पनि रावा बैंकको नाफामा असर परेको उनको भनाई छ । कोरोनाको असर यहिँ रहिरहे अझै केहि समय नाफा प्रभावित हुन उनी बताउँछन् । तर अब कोरोनाको भ्याक्सिन पनि आउने र सहज अवस्था बन्दै जाने हो भने दोस्रो त्रैमासमा भने राम्रो रिपोर्ट आउने उनले बताए ।

पहिलो त्रैमासमा धेरै नाफा बढाउनेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा देखिएको छ । यो बैंक तत्कालिन जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मिलेर बनेको सबै भन्दा ठूलो बैंक हो ।

यस बैंकले पहिलो त्रैमासमा १ अर्ब ५ करोड ८८ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो बैंकले ७५ करोड ३२ लाख रुपैयाँमात्रै कमाएको थियो ।
मुनाफा धेरै कमाउनेको दोस्रो नम्बरमा नबिल बैंक देखिएको छ । नबिल बैंकले यस अवधीमा १ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको छ । उसको नाफा गत आर्थिक वर्षमा भन्दा ९ करोड रुपैयाँ कम हो ।

ऋण विस्तारमा निकै आक्रामक र अवधि नपुगी धितो लिलामी गरेको भनी आलोचना खेपिरहेको एनआईसी एशिया बैंकले नाफामा झिनो सुधार गरेको छ । अघिल्लो वर्ष १ अर्ब १२ लाख रुपैयाँमात्रै कमाएको यस बैंकले थोरै सुधार गरेर यस वर्षको पहिलो त्रैमासमा १ अर्ब २ करोड रुपैयाँ पु¥याएको छ ।

केही बलिया विकास बैंक गाभेर थप मजबुत बन्ने प्रयास गरिरहेको प्राइम कमर्सियल बैंकको पनि नाफा वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा करिब ६६ करोड रुपैयाँ हाराहारीमा कमाएको यस बैंकले यस वर्ष बढाएर १ अर्ब १ करोड हाराहारीमा पु¥याएको छ ।

यसैगरी प्रभु बैंकले ६२ करोडबाट ८५ करोड पु¥याएको छ भने नाफाका आधारमा धेरैजसो पहिलो स्थानमा रहने राष्ट्रिय वाणिज्य बैंकले नाफा १ अर्ब १२ करोडबाट घटेर ८३ करोड रुपैयाँमा झरेको छ । अनलाईनखबरमा समाचार छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …