तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिनुभयो । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ ।

मङ्सिरबाट सुरु गरिएको उक्त परीक्षाका विद्यार्थीले चैतको हाराहारीमा स्नातकोत्तर तहमा भर्ना हुनसक्ने र त्यसअघि नै नतिजासमेत प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ । गत वर्ष फागुनमा स्नातकोत्तर तहमा विद्यार्थीको कक्षा सुरु भएकोमा यस वर्ष एक महिनाको हाराहारीमा मात्रै समय फरक पर्ने र यसले समग्र शैक्षिक सत्रलाई कुनै फरक नपार्ने परीक्षा नियन्त्रक जोशीको भनाइ छ ।

थप २० करोड लागत
परीक्षा नियन्त्रक जोशीले रोकिएको परीक्षाका कारण विश्वविद्यालयलाई झन्डै २० करोड रुपियाँ परीक्षा सञ्चालनमा थप खर्च हुने देखिएको जानकारी दिनुभयो । रोकिएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्दा तत्कालका लागि विगतको तुलनामा २० करोड रुपियाँ बढी खर्च हुने देखिएको जनाइएको छ । लाखौँ विद्यार्थीको भविष्य र विश्वविद्यालयको उच्च शिक्षाको कक्षा निरन्तर सञ्चालन हुने नै मुख्य कुरा भएकाले यसलाई नै प्राथमिकतामा राखिएको जनाइएको छ ।

सङ्क्रमितको परीक्षा १५ मिनेटपछि
यसैबीच विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणमा परेका विद्यार्थीलाई पनि परीक्षा लिन सक्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ । सङ्क्रमित विद्यार्थीको परीक्षा अन्य साधारण विद्यार्थीको तुलनामा १५ मिनेटपछि परीक्षा सुरु गरिने र अन्य विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सकिनेछ ।

साधारण विद्यार्थीसित सङ्क्रमित विद्यार्थीको सम्पर्क भेटघाट नहोस् भन्ने हिसाबले १५ मिनेटपछि परीक्षा सुरु गर्ने व्यवस्था मिलाइएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिनुभयो । सङ्क्रमित विद्यार्थी परीक्षाका लागि तोकिएको समयभन्दा १५ मिनेट ढिला गरी परीक्षा केन्द्रमा पुग्नुपर्नेछ । सङ्क्रमित विद्यार्थीलाई परीक्षा केन्द्रमा अलग्गै कोठामा राखेर परीक्षा लिने व्यवस्था मिलाइएको छ । गोरखापत्र दैनिकमा खबर छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …