तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै सरकारलाई असहयोग भएको बत(ाउनुभएको छ । पार्टी सचिवालय सदस्य माधवकुमार नेपाल लगायत नेतासँग आइतबार बालुवाटारमा छलफल गर्दै उहाँले पार्टीबाटै सरकारको आलोचना हुनु दुःखद भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताउनुुभयो । 

पार्टीभित्र आन्तरिक मतभेद देखिएपछि प्रम ओलीले नेपाल लगायतका नेतासित छलफल अघि बढाउनुभएको हो । बालुवाटारको छलफलमा सचिवालय सदस्य नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तको सहभागिता थियो ।

प्रधानमन्त्रीसितको छलफलमा सहभागी स्थायी कमिटी सदस्य पाण्डेले सरकारलाई असहयोग गर्ने शैली सच्याउनुपर्नेमा प्रम ओलीले जोड दिनुभएको बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले पार्टीमा गुटगत राजनीति सुरु भएको र केही नेताले सरकारलाई असफल पार्ने षड्यन्त्र गरेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । छलफलमा नेताले प्रधानमन्त्री ओलीसँग आवश्यक छलफल गरी पार्टीको विवाद समाधान गर्न पहल गर्न आग्रह गर्नुभयो । स्थायी कमिटी सदस्य पाण्डेले पार्टीमा देखिएको पछिल्लो विवाद कसरी समाधान गर्ने त्यसका बारेमा अध्यक्ष ओलीसँग छलफल भएको बताउनुभयो । 

‘‘तपार्इं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ, तपाईंले पहल गरेर ठोस रूपमा पार्टीभित्र देखिएका विवाद समाधान गर्न हामीले आग्रह गरेका छाँैं’’, उहाँले भन्नुभयो, ‘‘पार्टी कमिटी बैठक बोलाएर ठोस रूपमा समाधानको प्रस्ताव ल्याएर विवाद समाधान गरी अगाडि बढ्नुस् भनेका छौंँ ।’’ जबाफमा प्रधानमन्त्री ओलीले आवश्यक छलफल गरेर बैठक बोलाउने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो । 

सचिवालय बैठक बोलाउन लिखित आग्रह गर्दै शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सचिवालयका पाँच सदस्यले प्रधानमन्त्री ओलीसँग भेट्नुभएको थियो । सोही क्रममा आइतबार प्रम ओलीले पार्टीका नेता नेपाल लगायतका नेतासित पार्टीको आन्तरिक समस्या र समाधानका विषयमा छलफल गर्नुभएको हो ।गोरखापत्र  दैनिकमा  खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …