तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जोइ बाइडेनले कार्यभार सम्हालेसँगै विदेशी नीतिमा केही परिवर्तन आउने अनुमान गरिएको छ । यसअघि ट्रम्पको नेतृत्वले विश्वव्यापी अवधारणामाथि नै प्रहार गरिरहेका बेला अमेरिकी नेतृत्वमा नयाँ नेतृत्व आएसँगै विश्वभर बाइडेनमाथि एक खालको आशा देखिएको छ ।

ट्रम्पको अनुदार नीतिबाट आजीत विश्वले केही नयाँ आशा गरेको छ । विश्वव्यापी नेतृत्व गर्ने क्षमता भएका बाइडेनले विदेशी नीतिको विषयमा केही हेरफेर गर्ने देखिन्छ । कोरोना महामारीका कारण नराम्ररी प्रभावित भएको अमेरिकामा नयाँ नेतृत्व पाएसँगै पुनर्जागरण आएको छ । साथै उनको जितले विश्वमा शान्ति कायम गर्ने भूमिकामा महŒवपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ ।

चीनसँगको सम्बन्धको नीति तत्काल परिवर्तन गर्ने अवस्थामा बाइडेन छैनन् । किनकि अमेरिका चीनको पछिल्लो आक्रामक विदेश नीतिले सम्बन्ध तत्काल सुधार गर्ने पक्षमा देखिँदैन । बाइडेन प्रशासन चीनसँगको सम्बन्धको विषयमा विश्वका अन्य देशको अवस्था हेरेर मात्रै एउटा निर्णयमा पुग्नेछ ।

बाइडेन प्रशासनले मानवअधिकार हननका विषय जोडदारका साथ आवाज उठाउन सक्नेछ । अमेरिकाको साझेदारी मुलुकसँग चीनले देखाएको व्यवहारका कारण पनि तत्काल सम्बन्ध सुधार गर्ने पक्षमा देखिँदैन । अमेरिका पुनः पेरिस सम्झौता र अन्य थुप्रै अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा फर्कन सक्नेछ । बाइडेन प्रशासनको नीतिमा अमेरिकी सेना र गुप्तचर संयन्त्रको आधारमा धारणा बन्न सक्नेछ ।

बाइडेनले राष्ट्रपति चुनावमा आफ्नो प्रमुख एजेन्डामध्ये जलवायु परिवर्तनको मुद्दा उठाएका थिए । अमेरिकाको ४४औं राष्ट्रपति बाराक ओबामा हुँदादेखि नै उनको ध्यान विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा रहेको थियो । जलवायु परिवर्तनसम्बन्धी मुद्दाबाट ट्रम्प प्रशासनले बाहिरिने निर्णय गरेसँगै गत बुधबार मात्रै अमेरिका फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौताबाट बाहिरिएको थियो ।

चीनसँगको सम्बन्धको नीति तत्काल परिवर्तन गर्ने अवस्थामा बाइडेन छैनन् । किनकि अमेरिका चीनको पछिल्लो आक्रामक विदेश नीतिले सम्बन्ध तत्काल सुधार गर्ने पक्षमा देखिँदैन ।

अब बाइडेनले सो सम्झौताको विषयमा पुनः विचार गर्ने बताइसकेका छन् । बाइडेनले चुनावकै समयमा ट्रम्पले राष्ट्रपति निर्वाचित भए वायुमण्डल ध्वस्त हुने प्लानेट जोगाउन पनि आफूले अमेरिकाको राष्ट्रपति निर्वाचन जित्नुपर्ने बताएका थिए । उक्त सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बर ५ देखि सुरु गरेको थियो । विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्नेसम्बन्धी सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरूसँग सम्झौता गरेको थियो ।

साथै बाइडेनको नयाँ विदेश नीति, सुरक्षा नीति, जलवायु परिवर्तन, अध्यागमन, श्रम र पारवहानलगायतका नीतिले अरू देशलाई समेत प्रभाव पर्नेछ । यसअघि ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी विषयमा अमेरिकाले हात झिक्ने निर्णय गरिरहँदा त्यसको प्रभाव विश्वभर परेको थियो । ट्रम्पले कार्यकालको चार वर्ष ४४औं राष्ट्रपति बाराक ओबामाले ल्याएको विदेश नीति, अध्यागमन र जलवायु परिवर्तनसम्बन्धी नीति भत्काउने काम गरे ।

ट्रम्प प्रशासनले परिवर्तन गरेको नीतिलाई पुनजागृत गर्नेमा बाइडेनले जोड दिन सक्नेछन् । बाइडेनको प्रशासनले युरोपेली साझेदारहरूमा पुनः विश्वास र एकता कायम गर्ने नयाँ अवसर लिन सक्नेछ । ट्रम्पले भत्काएको सम्बन्ध बाइडेनले जोड्नेछन् । युरोपसँग तत्कालै सम्बन्ध बढाएर रुसलाई पुनः अमेरिकी राष्ट्रिय सुरक्षाको ठूलो खतराको रूपमा व्यवहार गर्न सक्छन् ।

को हुन् बाइडेन ?

बाइडेन डेमोक्रोटिक पार्टीका सदस्य हुन् । सन् २०१२ मा पूर्व राष्ट्रपति बाराक ओबामा कालमा उनी उपराष्ट्रपति थिए । उनी १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए । यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो ।

कानुनमा डिग्री हासिल गरेका उनले जनताको न्यायसम्बन्धी थुप्रै कानुन निर्माणमा योगदान गरेका छन् । लागू औषध, अपराध, नागरिक स्वतन्त्रता, नारी हकजस्ता कानुनका उनी पक्षपातस् रहँदै आएका छन् । बाइडेन ६ पटकसम्म सिनेटमा निर्वाचित भइरहे । उनको जितले विश्वमा शान्ति कायम गर्ने भूमिकामा महŒवपूर्ण योगदान हुने अपेक्षा गरिएको छ । चीनसँगको बिग्रिएको सम्बन्ध सुधारमा उनको जोड रहेको छ ।

७८ वर्षीय डेमोक्रेटिक उम्मेदवार बाइडेन राष्ट्रपति पदमा पुग्ने अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् । उनले उमेरको रेकर्ड बनाएको यो पहिलो घटना भने होइन । आफ्नो राजनीतिक करियर सुरु गर्दै १९७२ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक डेलावेयरबाट देशको पाँचौं सबैभन्दा कम उमेरका सिनेटरका रूपमा निर्वाचित भएका थिए । यो सिटबाट ६ पटक सिनेटर चुनिएका बाइडेनले पहिलो पटक सन् १९८८ मा राष्ट्रपतिको उम्मेदवारको दाबेदारका रूपमा आफूलाई उभ्याएका थिए ।

त्यसपछि उनी दोस्रो पटक २००८ मा राष्ट्रपति बन्न डेमोक्रेटिक पार्टीबाट उम्मेदवारको दौडमा थिए । त्यसबेला उनी बाराक ओबामासँग पछि परे । तर, ओबामाले उनको अनुभव र देश विदेशमा रहेको सम्मानका कारण आफ्नो उपराष्ट्रपतिका रूपमा अघि बढाए र दुवै कार्यकालमा जो बाइडेन उपराष्ट्रपति बने । ओबामाले बाइडेनलाई हालसम्मकै सर्वश्रेष्ठ उपराष्ट्रपति घोषित गरेका थिए ।

२०१७ सम्म उपराष्ट्रपति बनेका बाइडेन यो वर्ष राष्ट्रपति बन्नका लागि तेस्रो पटक मैदानमा होमिएका थिए । यस वर्ष उनी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै देशको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राजाधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …