तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं।देशैभर ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न जिल्लाका सार्वजनिक निकायमा उपलब्ध गराएको इन्टरनेट अब व्यक्तिगत रूपमा पनि प्रयोग गर्न सकिने भएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरेर प्राधिकरणले ती निकायहरुलाई दुई वर्षसम्म निःशुल्क उपलब्ध गराएको इन्टरनेट व्यक्तिगत प्रयोगकर्ताले खरिद गर्न सक्ने भएका हुन् ।

प्राधिकरणका अनुसार विभिन्न ४६ जिल्लाका नगरपालिका, गाउँपालिका तथा तीअन्तर्गतका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराइएको इन्टरनेट ग्राहकले सम्बन्धित कम्पनीसँग सम्पर्क गरेर जडान गर्न सक्छन् ।

यसरी इन्टरनेट जडान गर्दा प्राधिकरणबाट स्वीकृत दररेटमै जडान गर्न सकिने स्पष्ट पारिएको छ । यसो हुँदा तोकिएका जिल्लाका प्रयोगकर्ताले सुलभ दरमा इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

ADVERTISEMENT

प्राधिकरणले कोषमा सङ्कलन भएको रकम उपयोग गरेर ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने र सबै जिल्लाका नगरपालिका तथा गाउँपालिकामा तोकिएका सार्वजनिक निकायहरुमा इन्टरनेट उपलब्ध गराउने परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजना अन्तर्गतका १८ ओटा प्याकेजमध्ये १२ वटा प्याकेज अन्तर्गतका ४६ जिल्लामा उपलब्ध गराइएको इन्टरनेट व्यक्तिगत प्रयोगकर्ताले उपयोग गर्न सक्ने भएका हुन् ।

प्राधिकरणका अनुसार काभे्र, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, गोरखा, धादिङ, मकवानपुर, जाजरकोट, कालिकोट, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम जिल्लाका स्थानीयले यस्तो सेवा प्रयोग गर्न सक्छन् ।

त्यस्तै डोल्पा, जुम्ला, हुम्ला, मुगु, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सप्तरी, सिराहा, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, संखुवासभा, ताप्लेजुङ्, सोलुखुम्बु, अछाम, बझाङ्, बाजुरा, दैलेख, सुर्खेत, सल्यान, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथरर खोटाङ्मा पनि इन्टरनेट प्रयोग गर्न चाहनेले उपयोग गर्न सक्नेछन् । प्राधिकरणले यी जिल्लाका तोकिएका सार्वजनिक निकायमा इन्टरनेट जडान छुटेको भए सम्पर्क गर्नसमेत आग्रह गरेको छ । गोरखापत्र दैनिकमा खबर छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …