तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा उपस्थित भएका सात जनालाई विनातारेख रिहा गर्ने आदेश दिएको छ । विशेषका न्यायाधीश शिवराज अधिकारी र बालेन्द रूपाखेतीको इजलासले सोमबार ७ आरोपीलाई तारेखमा समेत नराख्ने गरी रिहा गर्न आदेश जारी गरेको हो ।

तारेखमा नराख्ने गरी रिहा हुनेमा शर्मिला शाक्य (बज्राचार्य), रेणुका बज्राचार्य, प्रविन ताम्राकार, अच्युतराज राज श्रेष्ठ, सरिता मानन्धर (श्रेष्ठ), सध्या शाक्य र गीता खनाल छन् । अख्तियारले उनीहरूको नाममा रहेको ललिता निवास जग्गालाई जफत प्रयोजनका लागि विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सार्वजनिक जग्गा व्यक्तिको बनाएर भ्रष्टाचार गरेको प्रकरणमा हालसम्म ४५ जनाभन्दा बढी आरोपित अदालतमा हाजिर भइसकेका छन् ।

ललिता निवासको सो जग्गा उनीहरूले विभिन्न व्यक्तिसँग किनेका थिए । नक्कली मोही दर्ता गरेर सो जग्गा लाखौं मूल्यमा किनबेच भएको थियो । सरकारले अधिग्रहण गरेको ललिता निवासको २८४ रोपनी जग्गामध्ये १ सय १२ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गरी हिनामिना गरिएको निष्कर्षसहितको छानबिन प्रतिवेदन एक सरकारी समितिले दिएपछि थप अनुसन्धान गर्न सरकारले संवैधानिक आयोग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोलाई निर्देशन दिएको थियो ।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा पञ्चायतकालमा जफत भएको भन्ने अर्थ लगाई सुवर्ण शमशेरका सन्तानले २०४९ मा फिर्ता लगेका थिए । भूमाफियाको चलखेलमा २०६२, २०६७ र २०६९ मा गरी ललिता निवासको जग्गा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता भएको थियो ।

प्रधानमन्त्री निवास विस्तारका नाममा २९ चैत २०६६ र ३१ वैशाख २०६७ को मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा डिल्लीबजार मालपोत कार्यालयले सार्वजनिक, पर्ती र राजकुलोको जग्गासमेत व्यक्तिका नाममा दर्ता गर्ने निर्णय गरेको थियो । शारदाप्रसाद त्रिताल संयोजक रहेको समितिको प्रतिवेदन र सीआईबी प्रतिवेदनलाई आधार मानेर अख्तियारले अभियोगपत्र तयार पारेको थियो ।

सरकारले सरकारी जग्गा व्यक्तिको बनाएको आरोपमा तीन पूर्वमन्त्री, अख्तियारका पूर्वपमुख आयुक्त, पूर्वसचिवहरू, भूमि सुधार कार्यालयका कर्मचारी, मालपोत कार्यालयका कर्मचारी, जग्गा खरिद विक्री गर्नेहरूसहित ११० जनालाई विपक्षी बनाएको थियो । आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …