तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं -कोभिड–१९ संक्रमणले मुलुकमा दिनहुँ रेकर्ड तोड्न थालेको छ । शनिबार कोरोना संक्रमणको दर हालसम्मकै उच्च भएको छ ।

१९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ जना (२५.९२ प्रतिशत) मा संक्रमण देखिएको हो । शुक्रबार संक्रमितको संख्या १ लाख र कोरोनाकै कारण मृत्यु हुनेको संख्या ६ सय नाघेको थियो । यसअघि बिहीबार संक्रमण दर २२.६२ प्रतिशत थियो ।

शनिबारको तथ्यांकअनुसार एक सय जनाको कोभिड परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको छ । दिनहुँ देखिने संक्रमण अत्यधिक भएसँगै कोभिडको कुल संक्रमण दर पनि वृद्घि भइरहेकोछ । शनिबार कुल संक्रमण दर ९.०७ प्रतिशत पुगेको छ । बिहीबार उक्त दर ८.७१ प्रतिशत थियो ।

‘कोभिड संक्रमणको हरेक दिन नयाँ रेकर्ड बन्दै छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले भने, ‘कोभिड समुदायमा गइसक्यो । आधिकारिक रूपमा प्रमाणित गर्न ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षणको प्रतिवेदनलाई पर्खंदै छौं ।’ 

उपत्यकासहित देशैभर सबै उमेर समूहका व्यक्तिमा संक्रमण देखिएको छ । शनिबार काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९ र भक्तपुरमा २ सय ३ जना गरी उपत्यकामा २ हजार ६ सय ७२ जनामा कोभिड संक्रमण देखिएको छ । यो मुलुकभरि देखिएको संक्रमणको ५३.३५ प्रतिशत हो । यस्तै मुलुकभर कुल ३० हजार ८ सय १८ सक्रिय संक्रमित रहेकामा काठमाडौं उपत्यकामा मात्रै ५३.३५ प्रतिशत अर्थात् १७ हजार ८ सय ८८ सक्रिय संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार शनिबार उपत्यकामा देखिएका कुल संक्रमितमध्ये ४०.९ प्रतिशत महिला छन् । मुलुकमा कोभिड संक्रमित दोब्बर हुने समय करिब एक महिना देखिएकामा हाल यो समयसमेत घट्दो देखिएको छ । स्वास्थ्य मन्त्रालयले र्‍यापिड एक्सन प्लान बनाउँदा कोभिड संक्रमण मंसिरसम्म १ लाख ८० हजार पुग्न सक्ने अनुमान गरेको थियो ।

‘संक्रमणको गतिअनुसार मंसिरसम्म स्वास्थ्य मन्त्रालयले आकलन गरेको भन्दा बढी संक्रमण देखिने स्थिति आएको छ,’ डा.पाण्डेले भने, ‘परीक्षण बढेर पनि संक्रमण बढी देखिएको हो तर अब झन् बढी परीक्षण गर्नुपर्छ ।’ घरमा एक–दुई जनालाई कोभिड पोजिटिभ देखिए परिवारका सबै सदस्यले आफूलाई समेत संक्रमण भएको ठानेर १५ दिन आइसोलेसनमा बस्नुपर्ने सुझाव उनले दिए ।

अहिले लक्षण नदेखिएका वा सामान्य लक्षण भएका कोभिड संक्रमितहरूले घरबाहिर काममा ननिस्केर र आइसोलेसनमा बसेर अरूलाई संक्रमण हुन नदिने उपाय अपनाउनुपर्छ । हाल लक्षण भएका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव हुँदै गएको छ । हाल कोभिडले गर्दा देशभर ३ सय ९८ जना सघन उपचारमा छन् । यसअन्तर्गत ३ सय २१ जना आईसीयू र ७७ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा सबैभन्दा बढी अर्थात् १ सय ९६ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …