तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं -सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन ।

शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा. केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा आईओएमकी डिन डा. दिव्यासिंह शाहमार्फत डा. केसीसँग संवाद अघि बढाएका थिए । उनी प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत हुन् । प्रधानमन्त्रीकै दबाबमा उनी डिन नियुक्त भएकी थिइन् ।

सरकारी वार्ता टोलीका सदस्य तथा आयोगका निर्देशक डा. दिलीप शर्मा पनि सहमतिको प्रयासमा जुटेका थिए । सरकारले वार्ता नगरी अनशन मात्र तोड्न आग्रह गरेको भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो ।

वरिष्ठ चिकित्सकहरूसहित नागरिक समाजका अगुवाहरूले पनि सत्याग्रहीको जीवनरक्षाका लागि अपिल गरेका थिए । दुई पक्षीय वार्ता टोलीबीच बिहीबार नै सहमतिको खाका तयार भइसकेको थियो ।

डा. शाहको पहलमा प्रधानमन्त्री र डा. केसीसँग समन्वय गरेर सहमतिपत्रलाई अन्तिम रूप दिइएको वार्ता टोलीका एक सदस्यले जनाए । शनिबार राति शिक्षण अस्पतालमा वार्ता टोली डाकेर सहमतिमा हस्ताक्षर गरियो । शिक्षामन्त्रीसहितको टोलीलाई भने प्रधानमन्त्री ओलीले नै कोरोनाका बेला वार्ता भनेर भुल्ने समय नभएको भन्दै फिर्ता पठाइदिएका थिए ।

‘सरकारी टोली एकातिर, केसीको वार्ता टोली अर्कातिर थियो, त्यसलाई प्रधानमन्त्रीसम्म जोड्ने र कन्भिन्स गर्ने काम दिव्या म्यामले गर्नुभयो,’ डा. केसी पक्षीय वार्ता टोलीका एक सदस्यले भने ।

बुधबार शिक्षा मन्त्रालयले वार्ता टोली गठन गरेको थियो । त्यही दिन डा. केसी पक्षको पनि डा. जीवन क्षत्रीको नेतृत्वमा वार्ता टोली बन्यो । बिहीबार १० घण्टा वार्ता भयो । त्यतिबेला सहमति उन्मुख रहेको भनिएको थियो । सम्झौताको प्रारम्भिक मस्यौदा तयार पारियो । प्रधानमन्त्रीसँग छलफल गर्ने भनियो । शुक्रबार दिनभर वार्ता हुन सकेन । राति डेढ घण्टा वार्ता भयो ।

सहमति नभएपछि सरकार बिहीबारको सहमतिबाट पनि पछि फर्केको आरोप डा. केसी पक्षको वार्ता टोलीले लगाएको थियो । शनिबार राति बिहीबारकै मस्यौदालाई परिमार्जन गरेर सरकार र डा. केसीबीच सहमति भएको हो । कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …