तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिमकोट,। लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो ।

चार वर्षअघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो । कहिलेदेखि हराएको हो वा खोजी नै भयो कि भएन, त्यो पनि निश्चित छैन । अहिले नाम्खा गाउँपालिका–६, लाच्पाको लोलुङजोङमा चिनियाँ पक्षले भवन बनाएको कुरा बाहिर आएपछि नेपाली टोली लाप्चा पुगेर फिर्ता आउँदा लिमीका अग्ला पाटनमा खोजी गर्ने क्रममा हराएको सीमास्तम्भ भेटाएको हो । 

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा लाप्चाबाट सीधै सिमकोट आए पनि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली भने लिमीतर्फ लागेको थियो । सञ्चार सम्पर्कसमेत नहुने उक्त स्थानमा प्रजिअको टोलीले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीलाई हराएको भनिएको सीमास्तम्भ खोजी गर्न पठाएको थियो । 

टोलीले बुधबार बेलुका मात्र सो सीमास्तम्भ भेटाएको अध्यक्ष लामाले बताउनुभयो । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको थियो । हिल्सा नाकाभन्दा झन्डै पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो । एघार नम्बर सीमास्तम्भ नभेटिँदा चीनले हुम्लाको नाम्खा गाउँपालिका–६, लाप्चाक्षेत्र (लोलुङजोङ)मा भवनहरू बनाएको भनेर विवाद बाहिर आएको थियो । यद्यपि नेपाल सरकार र चीनले सो भवनहरू चिनियाँ भूमिमै बनाइएको स्पष्ट गरिसकेका छन् । 

हुम्ला जिल्लामा मात्रै १५ वटा सीमास्तम्भ छन् । स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ । पाँच वर्षअघि २०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे खोजी गर्ने कार्यसूची राख्नुुभएको थियो । उक्त बैठकमा दुवै पक्ष मिलेर पिलर खोजी गर्ने निर्णय भएको थियो तर खोजी कार्य भने अगाडि बढेको थिएन ।गोरखापत्र दैनिकमा  खबर  छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …