तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडाैं- कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका सबैखाले समस्या समाधानका लागि नयाँ व्यवस्था लागू गर्न लागेको बताएका छन् ।

नयाँ व्यवस्थाबिना कृषि क्षेत्रको बृहत्तर विकास सम्भव नरहेको उनको दाबी छ । झापाको बिर्तामोडमा बुधबार बिहान पत्रकारसँगको भेटमा उनले संविधानको सफल कार्यान्वयनका लागि पनि कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याउन जरुरी रहेको तर्क गरे ।

‘हामी नयाँ व्यवस्था निर्माण गरिरहेका छौं । चाँडै लागू गर्छौं, मन्त्री भुसालले भने, ‘नयाँ व्यवस्थाले किसानका धेरै समस्या समाधान हुनेमा हामी आशावादी छौं ।’

कृषिका हरेक उत्पादनलाई न्यूनतम समर्थन मूल्य तोक्ने तयारीमा आफू रहेको उनले बताए । कृषि पेसाबाट किसानलाई पलायन हुनबाट रोक्न समर्थन मूल्य तोक्नुको विकल्प नभएको उनको भनाइ छ । मुलुकको कृषि क्षेत्र अनेक समस्याबाट जकडिएको उनले बताए ।

‘कृषिका हरेक क्षेत्र र उत्पादनमा समस्या छ । समस्या एक/दुईवटा मात्र होइन, सयौं छन् । २–३ वर्षभित्र सबै समस्या समाधान गर्ने गरी हामी काम गरिरहेका छौं, मन्त्री भुसालले भने ।

अब आउने नयाँ व्यवस्था कडाइकासाथ लागू गर्न कृषि मन्त्रालयलाई सुशासनयुक्त बनाउन जरुरी रहेको उनको तर्क छ । कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …