तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडाैं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘कोरोना भाइरस (कोभिड–१९) फैलिनुमा चीन जिम्मेवार रहेको’ बताएपछि राष्ट्रसंघीय महासभामा दुई देशबीचको तनाव थप चर्केको छ ।

ट्रम्पले भाइरसको महामारी फैलिएको विषयमा चीनलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् । त्यसको प्रतिक्रियामा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘कुनै पनि देशसँग शीतयुद्ध गर्ने चीनको नियत नरहेको’ बताएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण यस वर्षको महासभा भर्चुअल माध्यमबाट सम्पन्न भइरहेको छ । जसका कारण विश्वका अधिकांश नेताहरूले पहिले नै रेकर्ड गरिएका सन्देशहरू पठाइरहेका छन् ।

महासभालाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ‘चीनले विश्वलाई नै संक्रमित बनाएको’ दाबी गरेका छन् । ‘विश्वलाई नै महामारीमा फसाउने चीनलाई हामीले जवाफदेही बनाउनैपर्छ,’ ट्रम्पले भने । संक्रमणका कारण देशभित्र लकडाउन गरेको चीनले बाह्य उडान बन्द नगर्दार् विश्वमा भाइरस फैलिएको उनको दाबी छ ।

अमेरिका भाइरसका कारण विश्वमै सबैभन्दा बढी प्रभावित छ । यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै देशभित्र ट्रम्पको निकै आलोचना हुने गरेको छ । जसका कारण आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा ट्रम्पले कडा चुनौती सामना गर्नुपर्ने देखिएको छ ।

भाइरसको संक्रमणका कारण अमेरिकामा दुई लाखभन्दा बढीको मृत्यु भइसकेको छ । तर महासभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भाइरस नियन्त्रणका लागि आफूले चालेका कदम प्रभावकारी भएको दाबी गरेका छन् । ‘हामीले विश्वका १८८ देशमा कैयौं मानिसहरूको ज्यान लिएको अदृश्य दुश्मनसँगको भयानक युद्ध लडेका छौं,’ उनले भनेका छन् ।

पछिल्लो समय दुई देशबीच विभिन्न मुद्दाहरूमा चर्को विवाद जारी छ । कोरोना भाइरसको उत्पत्तिका साथै व्यापार, प्रविधि, हङकङ तथा मुस्लिम अल्पसंख्यकलाई चीनले गरेको व्यवहारलगायत मुद्दामा दुई देशबीच गम्भीर मतभेद छ ।
ट्रम्पपछि बोल्दै चिनियाँ राष्ट्रपति सीले चीनले मतभेद र विवादहरूलाई वार्तामार्फत सम्बोधन गर्ने जनाएका छन् । उनले विश्वव्यापी महामारीलाई राजनीतीकरण गर्ने प्रयासलाई विफल पारिदिनुपर्ने बताए । ‘चीन शान्ति, खुलापन, सहकार्य र साझा विकासका लागि प्रतिबद्ध विश्वकै ठूलो विकासोन्मुख मुलुक हो,’ सीले भने । सम्बोधनका क्रममा अमेरिकाप्रति लक्षित गर्दै सीले ‘विश्व मामिलामा हाबी हुने, अरूको गन्तव्य नियन्त्रण गर्ने र विकासको फाइदा आफैसँग राख्ने अधिकार कुनै पनि देशसँग नभएको’ बताए ।

महासभाको उद्घाटन गर्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कुनै पनि देशका नाम नलिईकन ‘नयाँ शीतयुद्धलाई बेवास्ता गर्न जस्तोसुकै कदम चाल्नुपर्ने’ बताए ।
‘हामी निकै खतरनाक दिशातर्फ गइरहेका छौं,’ उनले भने, ‘दुई ठूला अर्थतन्त्रहरूले व्यापार, आर्थिक नियम तथा कृत्रिम बौद्धिकताका आधारमा गर्ने विश्वव्यापी विभाजन हामीले झेल्न सक्दैनौं ।’

महासभामा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा हतियार निषेध गर्न अन्तर्राष्ट्रिय सन्धिका लागि आह्वान गरेका छन् । उनले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई निःशुल्क कोरोना भाइरसविरुद्धको खोप दिन रुस तयार रहेको समेत बताएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …