तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

विराटनगर -प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनका स्थानीय पालिकालाई थप एक करोड १० लाख उपलब्ध गराएको छ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासनलगायतलाई आवश्यक रकम पठाइएको हो। 

मोरङ्गका सुनवर्षी र  रतुवामाई नगरपालिकालाई १०÷१० लाख तथा धनपालथान, जहदा र कटहरी गाउँपालिकालाई ५-५ लाखका दरले आइसोलेशन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाइएको छ। त्यस्तै चौदण्डीगढी नगरपालिकालाई १० लाख तथा गौरीगञ्ज र कमल गाउँपालिकालाई  ५÷५ लाख प्रदेश सरकारले पठाएको छ। 

यसैगरी इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पताललाई १५ लाख र  झुम्का कारागारलाई १० लाख पठाइएको छ। सुनसरी जिल्लाका क्वारेन्टिन, आइसोलेशन र होल्डिङ सेन्टर व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसरभित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो। 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …