तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पाेखरा- कास्कीको मादी गाउँपालिकामा १२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ।

मादीको वडा नं २ साविक नार्माजुङ गाविसमा हिमालयन हाइड्रोपावर लिमिटेडद्धारा प्रवद्र्धित ‘नामार्जुङ जलविद्युत आयोजना’ निर्माण सम्पन्न भएर आयोजनाले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो।

नदीको पानी एक हजार २५० मिटर लामो ‘ओपन क्यानल’मार्फत ६४ मिटर उचाइबाट आयोजनाको विद्युत गृहमा खसालेर विद्युत उत्पादन गरिएको हो।

उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत चार किमी तलको अपरमादी जलविद्युत आयोजनाको १३२ केभीमा जडान गरी त्यसमार्फत १२ किमी टाढाको नेपाल विद्युत प्राधिकरणको लेखनाथ स्थित सवस्टेशनमा जडान गरिएको आयोजनाका बोर्ड अफ डाइरेक्डर शिवकृष्ण श्रेष्ठले जानकारी दिए।

आयोजना गत चैत पहिलो साता नै सम्पन्न भएको थियो। ‘आयोजना सम्पन्न भएर तीन दिनअघि राष्ट्रिय प्रशारणमा जडान गरेका छौँ,अबको १५ दिन परीक्षणकाल रहनेछ,’ उनले भने। चिनियाँ थ्री गर्जेज कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनमार्फत आयोजनाबाट उत्पादित विद्युत लेखनाथ पठाउनुपर्ने भएकाले चिनियाँ प्राविधिक आउन ढिलाइ भएको बताइन्छ।

निर्देशक श्रेष्ठले आयोजना जडानमा पाँच महिना ढिलाई हुँदा कम्पनीलाई १५ करोड हाराहारीमा घाटा भएको बताए। ग्लोबल आइएमइ बैकको नेतृत्वमा विभिन्न वित्तीय संस्थाको एक अर्व ४७ करोड तथा लगानीकर्ता, शेयर निष्कासन तथा स्थानीयवासीको ९० करोड गरी दुई अर्व २७ करोडमा आयोजना निर्माण गरिएको आयोजनाका लगानीकर्ता रुद्र कुइकेलले बताए।

आयोजनामा ६९९ जनाले ६७ करोड ५० लाख लगानी गरेका छन्। त्यसैगरी सर्वसाधारणशेयर १३ करोड ५० लाख तथा आयोजना प्रभावित मादी गाउँपालिकाका जनताका लागि नौ करोड शेयर निष्काशन गरिने आयोजनाले जनाएको छ।

आयोजना निर्माणका लागि विसं २०६७ मै लाइसेन्स प्राप्त गरेपनि त्यसपछि विसं २०६९ मा मादीको सिल्दजुरेमा गएको ठूलो पहिराका कारणले मादी नदी थुनिदा आयोजनाको पुर्नःसर्वेक्षण गर्नुपरेकाले काम शुरु गर्न ढिलाई भएको बताइन्छ ।

सो आयोजनाको माथि ४४ मेगावाटको सुपरमादी जलविद्युत आयोजना निर्माण भइरहेको छ भने त्यसभन्दा तल २५ मेगावाट क्षमताको अपर मादी विसं २०७३ मङ्सिरमा सम्पन्न भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …