तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गलकोट समाज जापानले बागलुङको ताराखोला गाउँपालिकालाई एम्बुलेन्स किन्नका लागि ११ लाख उपलब्ध गराएको छ।

ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहजता होस् भनेर एम्बुलेन्स सहयोग गरिएको समाजका अध्यक्ष दिलु खत्रीले बताए। ‘समयमा उपचार नपाएकै कारण कसैले पनि ज्यान गुमाउनु नपरोस्,’ उनले भने।

गत अङ्ग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा आयोजित साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रकम एम्बुलेन्सका लागि प्रदान गरिएको उनको भनाइ छ। समाजले केही वर्षअघि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि एम्बुलेन्स दिएको थियो।

एम्बुलेन्स खरीद प्रक्रिया शुरु भइसकेको र दशैँ अगावै सेवा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए। गाउँपालिकासँग यसअघि भएको एम्बुलेन्स बिग्रिएर थन्किएपछि कोरोना सङ्क्रमित बोक्नसमेत भाडाको सवारीसाधन चलाउनुपर्ने बाध्यता छ। हालसम्म जिल्लाका कुनै पनि स्थानीय तहले आफ्नै स्वामित्व र स्वव्यवस्थापनमा एम्बुलेन्स सेवा दिन सकेका छैनन्।

अहिले पनि अस्पताल, रेडक्रसलगायत संघसंस्थाले चलाएका एम्बुलेन्सका भरमा स्थानीय तह छन्। कोरोना महामारी शुरु भएपछि सङ्क्रमित बोक्नुपर्दा एम्बुलेन्स चालक नै भाग्ने, आनाकानी गर्नेसम्मका घटना जिल्लामा भएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आवमै देशभरका स्थानीय तहमा अनिवार्य एम्बुलेन्स सेवाको प्रावधान ल्याए पनि यहाँ त्यसको कार्यान्वयन हुन सकेको छैन।

मन्त्रालयको नीतिअनुसार महानगरपालिका र उपमहानगरपालिकामा चारचार, नगरपालिकामा तीन र गाउँपालिकामा दुई एम्बुलेन्स हुनुपर्छ। स्थानीय तहले एम्बुलेन्स किन्दा राजश्व छुटको सुविधा छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …