तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

जातिका आधारमा बनाइएका गाउँबस्तीका छुट्टाछुट्टै धारा भत्काएर एउटै बनाइएपछि सिमकोट गाउँपालिकाको ठेहे गाउँका दलित गैरदलितले एउटै धाराको पानी प्रयोग गर्न थालेका छन् । निकै विरोधबीच दलितका लागि निर्माण भएको धारा भत्काएर नयाँ धारा निर्माण गरिँदा दलित, गैरदलितले एउटै पधँेराको पानी प्रयोग गर्ने वातावरण बन्यो । यो क्रमसँगै बनेपछि तोडियो पानी बाराबारको युगौँ पुरानो कुुसंस्कार ।

सिमकोट गाउँपालिकाको ठेहे गाउँका जसबहादुर परियारले गाउँमा मानव बस्ती बसेसंँगै दलित समुदायका लागि छुट्टै बनेको धककारामा पानी भर्ने कामले छुटकारा मिलेको बताउनुुभयो । अन्य धारामा गैरदलितको डरले पनि दलितले आफ्नोबाहेक अन्य धारामा पानी पाउँदैनथे । आर्थिक वर्ष ०७६।७७ मा वडा कार्यालयले दलित र गैरदलितका लागि यसअघि बनेका छुट्टाछुट्टै धारालाई एकै ठाउँमा राखेर नयाँ चारवटा धारा निर्माण गरेसँगै यो सम्भव भएको हो ।

परियारले अहिले बनेका चारवटा धारामा बिना भेदभाव दलित समुदायले पानी भर्न पाएको बताउनुभयो । यसअघि दलितले छुट्टै बनेको धारामा पानी भर्नुपथ्र्यो । एउटामात्र धारा भएपछि दलितले लाइनमा बसेर पानी भर्नुपर्ने बाध्यता थियो ।

गैरदलितले पनि दलितका लागि निर्माण भएको धारामा पानी भर्ने चलन थिएन । मुख्यगरी गाउँमा अझै पनि छोइछिटो बार्ने चलनले यस्तो भएको हो । अहिले बनेका धारामा स्वतन्त्र रूपमा पानी भर्न पाएपछि परियारले बल्ल मानिस भएको अनुभव गरिएको बताउनुभयो । दलित र गैरदलित कुनै फरक नभएको र खाली सरसफाइमा ध्यान दिनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष नरबहादुर भण्डारीले पुर्खौंदेखि गाउँमा दलित र गैरदलितको विभेद हटाउन २१ लाख रुपियाँ बजेटमा नयाँ र पक्की धारा निर्माण हुदा सबैले संँगै पानी भर्न पाएको बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …