तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाली कर्मचारी नपाएपछि भारतबाट ल्याइने भएको छ । रेलवे कम्पनीले गत फागुन ९ मा २६ जना प्राविधिक कर्मचारी माग गर्दै विज्ञापन खुलाएको थियो । तर एक जना पनि नेपाली कर्मचारीबाट आवेदन नपरेपछि भारतबाटै कर्मचारी ल्याउने तयारी भएको हो । तर सबै कर्मचारी करारमा राखिनेछ ।

नेपाल र भारतीय रेलवे बोर्डबीच कर्मचारी ल्याउन सहमति भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । दुई देशका अधिकारीबीच भएको अनलाइन बैठकमा रेल चालक र प्राविधिक माग गरिएको हो । ‘नेपालमै विज्ञापन गरेर कर्मचारी माग गरियो । तर आवेदन नै परेन,’ उनले भने, ‘त्यसैले भारतबाटै कर्मचारी ल्याउन खोजिएको हो ।’ उनका अनुसार रेल आएसँगै कर्मचारी पनि आउनेछन् ।

‘भारतीय पक्ष पनि छिटो रेल चलाउनुपर्छ भन्नेमा छ, उनीहरूले सहयोग गर्न तयार छौं भनेका छन्,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयसँग पनि कुरा भइसकेको छ ।’ यो काम रेलवे कम्पनीमार्फत हुनेछ । सञ्चालक समितिले पनि कर्मचारी भर्नाको अधिकार दिइसकेको छ । अब विज्ञापन गरेर थप कर्मचारी भर्ना गरिनेछ । भारतबाट सिनियर सेक्सनल इन्जिनियर १, स्टेसन मास्टर ८, चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर १/१ जना ल्याइनेछ । त्यस्तै लोको पाइलट, सहलोको पाइलट, पिवे सुपरभाइजर, मेकानिक र प्वाइन्ट म्यान पनि ३/३ जना ल्याइनेछ । भदौ ३० गते दुवै रेल सेट ल्याउने तयारी भएको छ ।

‘कोरोनाका संक्रमित बढेपछि एक साताका लागि फेरि निषेधाज्ञा जारी भएको छ,’ उनले भने, ‘अवस्था कस्तो हुन्छ, थाहा छैन, सहज भयो भने तोकिएकै समयमा रेल आउनेछ ।’ अहिले रेल सेट पटना नजिकै हाजिपुरमा राखिएको छ । ‘भदौ ३० मा हस्तान्तरण गर्ने कुरा छ,’ मिश्रले भने, ‘छिटो लैजान भनिएको छ, ल्याउन फेरि म्याद थपिएको हो ।’ असार मसान्तमै लग्न भनिएको थियो । कोरोनाले भनेको समयमा ल्याउन सकिएन । ‘त्यसपछि दुई महिना म्याद थपिएको हो,’ उनले भने, ‘अब यो महिनाभित्र ल्याउनुपर्छ, ल्याउन नसके फेरि म्याद थप्नुपर्छ ।’ रेल ल्याउन समस्या छैन । कोरोनाले गर्दा कसरी व्यवस्थापन गर्ने भन्ने मात्र चिन्ता रहेको उनको भनाइ छ ।

‘लकडाउनले अन्योल बढाइदियो, निषेधाज्ञा कति दिन लम्बिन्छ, थाहा छैन,’ उनले भने, ‘एक हप्ता मात्र भए केही भएन, तर लम्बियो भने ल्याउने समय पनि लम्बिन सक्छ ।’ रेल सेट खरिदका लागि सरकारले ८४ करोड ६५ लाख बजेट छुट्याएको थियो । यसमध्ये २० प्रतिशत रकम भुक्तानी गरिसकिएको छ । ८० प्रतिशत भुक्तानी भने रेल ल्याएर परीक्षण गरेपछि मात्र गरिनेछ ।

‘रेलमा एक वर्षको वारेन्टी हुन्छ, यसमा कम्पनीको पनि बैंक ग्यारेन्टी लिनेछौं,’ मिश्रले भने, ‘एक वर्षभित्र रेल बिग्रिए वा कुनै खराबी आए कम्पनीले नै बनाइदिनुपर्छ ।’ सुरुमा जनकपुर–कुर्थाको ३५ किमि दूरीमा रेल चल्ने भनिएको थियो । रेल सेट आउँदासम्म थप १७ किमि बिजलपुरासम्म रेल ट्र्याक तयार हुने भएकाले उक्त स्थानसम्म चलाउने तयारी छ । यो सबै गरेर ५२ किमि हुनेछ । अहिले दुवै रेल सेट जनकपुरदेखि करिब चार घण्टाको दूरीमा रहेको मिश्रले बताए । ‘कर्मचारीको समस्या थियो,’ उनले भने, ‘थप दुई सय जना कर्मचारीका लागि विज्ञापन गर्छार्ैं ।’ निषेधाज्ञा खुल्नासाथ विज्ञापन आह्वान गरिने उनले जानकारी दिए । टिकट चेक गर्ने, ट्र्याक मर्मत गर्ने, टिकट बिक्री गर्नेलगायत काम गर्ने जनशक्तिका लागि विज्ञापन खुलाइनेछ । मन्त्रिपरिषद्ले रेलमा काम गर्ने कर्मचारी भर्ना गर्न गत माघमा स्वीकृति दिएको थियो ।

माघ तेस्रो साताबाट रेल सञ्चालनमा आउने बताइएको थियो । तर समयमै कर्मचारी भर्ना गर्न नसक्दा रेल सञ्चालन अन्योलमा परेको थियो । अहिले कोरोनाले गर्दा ढिलाइ भएको छ । एउटा स्टेसनमा कम्तीमा १० देखि १५ जना कर्मचारी राखिनेछ । कान्तिपुर दैनिकमा विमल खतिवडाले खबर लेखेका छन् 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …