तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

बाढीले व्यापक धनजनको क्षति गरेको रामारोशन सैनीबजार क्षेत्रको गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको मन्त्री टोलीले शुक्रबार निरीक्षण गरेको छ । त्यस क्रममा उहाँले पीडितका घर सरकारले बनाउने वचन पनि दिनुुभयो ।

स्थानीयवासीलाई सम्बोधन गर्नुुहुुँदै उहाँले पीडितको राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सरकार तयार रहेको बताउनुभयो । केही दिनअघिको बाढीले रामारोशन सैनीबजारका २२ घर बगाएको थियो । बाढीमा १७ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये छ जनाको शव फेला परेको थियो भने ११ जना अझै बेपत्ता छन् ।

“जनधनको गम्भीर क्षति भएको छ, यसको उचित सम्बोधनका लागि सरकार तयार छ र हामी लागिरहेका छौँ,” मृतक र बेपत्ता व्यक्तिको परिवारलाई सङ्घ र प्रदेशबाट राहत रकम उपलब्ध हुने भन्दै गृहमन्त्री थापाले बगेका घर सरकारले नै पुनर्निर्माण गरिदिने बताउनुभयो ।

“स्थानीयवासीको सुझावका आधारमा घर स्थानान्तरण वा एकीकृत बस्ती बनाउने सम्बन्धमा सरकारले निर्णय गर्नेछ,” उहाँले स्पष्ट पार्नुुभयो । बाढीबाट क्षति भएका सडक, पुल, विद्युत्, विद्यालय लगायतका संरचना सरकारले तत्कालीन र दीर्घकालीन गरेर निर्माण गर्ने बताउँदै उहाँले भन्नुभयो, “यो जनताको सरकार भएकोले जनताका पीर, दुःखमा साथ दिन्छौ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बाढीपीडित परिवारको राहत र पुनस्र्थापना पहिलो आवश्यकता भएको भन्दै सरकार त्यतै केन्द्र्रित भएको बताउनुभयो । “बाढीपीडितसँगै आगामी दिनका लागि रामारोशन क्षेत्रकै भूूगर्भ अध्ययन आवश्यक भएकोले सरकारको त्यतातिर पनि ध्यान गएको छ,” उहाँले स्पष्ट पार्नुुभयो । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …