तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने सरकारी लक्ष्यअनुसार अहिलेसम्म १० हजारभन्दा बढी ‘साइट’मा इन्टरनेट जडान सम्पन्न भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने र इन्टरनेट जडान गर्न सञ्चालित यो परियोजनाअन्तर्गत साउन मसान्तसम्म सम्झौता भएका १४ हजार ४६८ साइटमध्ये १० हजार ३६८ मा इन्टरनेट जडान भएको छ ।

जडान भएको इन्टरनेटमध्ये ४६६ वटा स्थानीय निकायको कार्यालय, तीन हजार ९१० वडा कार्यालय, तीन हजार २२० माध्यमिक विद्यालय र दुई हजार ७७२ स्वास्थ्य संस्था रहेका छन् । सम्झौता भएका प्याकेजमध्ये अहिलेसम्म ७१.६६ प्रतिशत स्थानमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गतको करिब पाँच अर्ब २७ करोड रुपियाँ लगानीमा देशभरका वडा कार्यालय, माध्यमिक विद्यालय, सामुदायिक भवन तथा स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने र दुई वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउने गरी इन्टरनेटसमेत जडान गर्ने परियोजना सुरु गरेको थियो । अनुमति पत्र सेवा प्रदायकलाई प्याकेजअनुसार इन्टरनेट जडानको जिम्मेवारी दिएर यो काम भइरहेको छ ।

प्राधिकरणले यो परियोजनालाई कुल १८ वटा प्याकेजमा विभाजन गरेर इन्टरनेट जडानको काम अघि बढाएको छ । अहिलेसम्म १७ वटा प्याकेजमा मात्र सम्झौता भएको छ । कुल १८ वटा प्याकेजमा गरेर ७०१ वटा स्थानीय तहको कार्यालय, पाँच हजार ९५२ वडा कार्यालय, पाँच हजार ५९७ माध्यमिक विद्यालय र चार हजार ३५१ गरी कुल १६ हजार ६०१ साइटमा इन्टरनेट पु¥याउने प्राधिकरणको योजना छ । यो परियोजनाका लागि अहिलेसम्म दुई अर्ब ४६ करोड ४६ लाख रुपियाँ निकासा भइसकेको प्राधिकरणले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …