तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स)को छपाइ कार्य पूरा भएको छ ।

बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको विभागले जनाएको छ । नयाँ लाइसेन्सको आवेदन र परीक्षा रोकिएका कारण बाँकी काम सम्पन्न गर्न सहज भएको विभागले जनाएको छ ।

विभागका अनुसार साउन १५ (जुलाई)सम्मका अनुुमति पत्र सबै छपाइसकिएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी तीर्थराज खनाल भन्नुहुन्छ, “प्रिन्ट गर्न बाँकी रहेका करिब सात लाख ११ हजार थिए, ती सबैका काम सकिएको छ, यो सङ्ख्या गत कात्तिकदेखिको बाँकी थियो ।

छापिएका लाइसेन्स वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको खनालले जानकारी दिनुभयो ।

विभागले हालसम्म १० लाखप्रति स्मार्ट लाइसेन्स छापिसकेको छ । पछिल्लो समय विदेश पढ्न जाने विद्यार्थी, कामदार, शान्ति सेनामा जानेका लागि द्रुत छपाइको सेवा दिँदै आएको थियो । जसअनुसार दुई दिनमा लाइसेन्स छापेर दिन सकिने व्यवस्था पनि थियो तर हाल सो सेवा वन्द गरिएको निर्देशक खनालले जानकारी दिनुभयो । विभागले मास प्रिन्टर प्रयोगमा ल्याएपछि छपाइको काम अघि बढेको थियो ।

धर्मकाँटा निर्माण गरिँदै
मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी ढुवानी गरेर दुर्घटनाको जोखिम बढाइरहेको भन्दै विभागले मुख्य राजमार्गमा गाडीको भार जाँच गर्न थप दुईवटा धर्मकाँटा (तौल पुल) निर्माण गरेको छ ।

महोत्तरीको गौरीबास र चिववनको आँपटारीमा निर्माण गरिएको विभागले जनाएको छ । निर्देशक तीर्थ खनाल भन्नुहुन्छ, “यस वर्ष महोत्तरी र आँपटारीमा निर्माण गरिएको छ, महोत्तरीको सम्पन्न भइसकेको छ भने चितवनको काम भइरहेको छ ।

मालवाहक सवारीले क्षमताभन्दा बढी ढुवानी गरेर दुर्घटनाको जोखिम बढाइरहेको र सडक पनि बिगार्ने काम हँुदै आएकाले चेकजाँचलाई कडाइ गर्न निर्माण भएको विभागको दाबी छ । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …