तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद समाधानतर्फ उन्मुख भएको मानिएका बेला निर्वाचन आयोगले बुधबार नेकपा (एमाले) नामक दल दर्ता गरेको छ । नेकपा (एमाले) को दर्ता प्रक्रिया बढाउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको पार्टीमा उनी इतरपक्षले आरोप लगाउँदै आएका छन् ।

विराटनगरकी सन्ध्या तिवारीले गत असार १४ गते आयोगमा नेकपा (एमाले) दर्ताका लागि निवेदन दिएकी थिइन् । २१ सदस्यीय कार्यसमितिमा रहेका व्यक्ति राजनीतिमा चिनिएका होइनन् । कार्यसमितिमा १३ जना महिला र बाँकी पुरुष छन् । आयोगको बुधबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनबमोजिम सबै प्रक्रिया पूरा गरेर आएपछि नेकपा (एमाले) लाई दर्ता गरिएको बताए । ‘सबै प्रक्रिया पूरा गरेको पार्टीलाई दर्ता नगर्ने अधिकार आयोगले राख्दैन,’ उनले भने, ‘प्रक्रिया पूरा गरेको वा नगरेको हेरेपछि निर्णय हुन्छ ।’ उनले सचिवालयले आवश्यक सबै कागजातको छानबिन र प्रक्रिया पूरा गरेर आयोगसमक्ष पेस गरेपछि निर्णय भएको बताए । नेकपा (एमाले) १ सय ३२ औं दलका रूपमा दर्ता भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा दल दर्ताको निवेदन परेको ४५ दिनभित्र आयोगले दर्तासम्बन्धी निर्णय दिनुपर्ने प्रावधान रहेका कारण पनि आयोगले केही न केही निर्णय दिनैपर्ने अवस्था रहेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनका अनुसार नयाँ दलका पदाधिकारीले बुधबार नै प्रमाणपत्र बुझेका छन् । उनले दल दर्ताको प्रक्रिया जुनसुकै बेला पनि चलिरहने बताए । कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …