तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

देशभरका प्रमुख पर्यटकीय गन्तव्यबारे सम्पूर्ण किसिमको जानकारी राख्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डले भौगोलिक सूचना प्रणाली (जीआईएस) ‘म्यापिङ’ तयार गर्ने भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रममै समेटेर ७७ जिल्लाकै जीआईएस म्यापिङ गर्ने तयारी गरेको बोर्डका अनुसन्धान, योजना र अनुगमन विभाग प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो ।

पर्यटकीय गन्तव्य र यससँग सम्बन्धित पर्याप्त तथ्याङ्कको अभाव रहेको अवस्थामा बोर्डले भौगोलिक सूचना सङ्कलन गर्ने र त्यसलाई सजिलै जुनसुकै ठाउँबाट हेर्न सकिने गरी व्यवस्था गर्न लागेको हो । कुनै पनि जिल्लामा रहेको पर्यटकीय गन्तव्य, होटल सङ्ख्या तथा सुविधा, धार्मिक क्षेत्र, तालतलैया, पदमार्ग लगायत सबै विषयलाई यो म्यापिङमा समेट्ने प्रयास गर्दै छौँ’ उहाँले भन्नुभयो ।

पर्यटकीय स्थानबारे सही जानकारी लिन सम्बन्धित ठाउँमै पुग्नुपर्ने बाध्यताको यसले अन्त्य गर्ने उहाँले बताउनुभयो । बोर्डले यसबारे अध्ययन अनुसन्धान गर्न सम्बन्धित क्षेत्रमा टोली नै पठाउने तयारी पनि गरेको छ । कोभिड–१९ सङ्क्रमणबाट परिस्थिति केही सहज हुनासाथ म्यापिङको काम अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

अनलाइनमा आधारित जीआईएस म्यापिङमार्फत स्थान छनोट गरेर क्लिक गरेकै आधारमा त्यहाँका बारेमा विस्तृत जानकारी लिन सकिन्छ । बोर्डले यो कार्यका लागि त्रिभुवन विश्वविद्यालयसँग पनि सहकार्य गर्ने जनाएको छ ।

बोर्डको चालू आर्थिक वर्ष बजेटमा अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राखिएकाले पनि पर्यटकीय गन्तव्यको सूचना व्यवस्थित गर्न यस्तो तयारी गरिएको लामिछानेले बताउनुभयो । बोर्डले चालू आवमा अध्ययन अनुसन्धानका लागि नौ करोड ७९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

अघिल्लो आवमा यो शीर्षकका लागि पाँच करोड ७५ लाख रुपियाँ बजेट बोर्डले छुट्याएको थियो । बोर्डले यसअघि पर्यटकले गर्ने खर्चको अध्ययन गर्न त्यससम्बन्धी स्याटेलाइट एकाउन्ट तयार गर्ने काम गत आवमै अगाडि बढाएको थियो । यद्यपि कोभिड सङ्क्रमणका कारण उक्त काम प्रभावित भएपछि त्यसलाई चालू आवमा पनि प्राथमिकतामा राखेर अगाडि बढाउने बोर्डको तयारी छ । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …