तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

विषम परिस्थितिबीच चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना राजस्व सङ्कलनको अवस्था सन्तोषप्रद देखिएको छ । कोरोना सङ्क्रमण रोकथाम स्वरूप जारी बन्दाबन्दीका कारण गत आव २०७६÷७७ को अन्तिम त्रैमासिकमा निकै चापमा परेको सरकारका लागि साउनको वित्तीय अवस्था सुखद बनेको हो ।

सरकारको खर्च तथा राजस्व हरहिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनभर सरकारको कुल आम्दानी ६६ अर्ब ६२ करोड रुपियाँ पुगेको छ । त्यसमध्ये राजस्व मात्रै ५८ अर्ब ८१ करोड ४८ लाख रुपियाँ छ । राजस्व अन्तर्गत कर राजस्वबापत सरकारले ५६ अर्ब ५५ करोड ६४ लाख रुपियाँ आम्दानी गरेको छ । गैरकर राजस्वबापत दुई अर्ब २५ करोड ८४ लाख रुपियाँ आम्दानी भएको छ ।

सरकारले पहिलो महिनामा गरेको राजस्वतर्फको आम्दानी लक्ष्यको ५.८१ प्रतिशत हो । चालू आवमा १० खर्ब ११ अर्ब ७५ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य छ । यस्तै अन्य प्राप्तितर्फ सात अर्ब ८० करोड ९८ लाख रुपियाँ सरकारी खातामा जम्मा भएको छ ।

खर्च दुई अर्बनजिक
नयाँ आर्थिक वर्षको सुरुवाती महिनाका रूपमा भुक्तानी दायित्व कम हुँदा सरकारी खर्च भने दुई अर्ब रुपियाँ पनि पुगेको छैन । साउनभर सरकारको कुल खर्च केवल एक अर्ब ९७ करोड ९१ लाख रुपियाँ रहेको कार्यालयले जनाएको छ । यो खर्च लक्ष्यको शून्य दशमलव १३ प्रतिशत मात्र हो ।

कुल सरकारी खर्चमध्ये चालूतर्फ एक अर्ब ७२ करोड ८३ लाख रुपियाँ खर्च भएको छ । पुँजीगत खर्च १३ करोड ३३ लाख रुपियाँ मात्र भएको छ । यो चालू आवको कुल पुँजीगत लक्ष्यको केवल ०.०४ प्रतिशत मात्र हो । वित्तीयतर्फ ११ करोड ७५ लाख रुपियाँ खर्च भएको छ । चालू आर्थिक वर्षमा सरकारले कुल १४ अर्ब ७४ करोड ६४ लाख रुपियाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

अर्थमन्त्री सन्तुष्ट
यसैबीच अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ को असहज परिस्थितिमा पनि चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनाको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ । उहाँले मन्त्रालयहरूबाट बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि र मापदण्ड निर्देशिका परिमार्जन तथा तर्जुमाको कार्य समयमै हुन सकेमा मात्र बाँकी अवधिमा नीति तथा कार्यक्रम र बजेटमा तोकिएका लक्ष्य हासिल हुने जनाउनुभएको हो ।

चालू आवको साउन महिनाको समीक्षा मङ्गलबार मन्त्रालयमा गर्नुहुँदै उहाँले बजारमा तरलता बढ्दै जाँदा आर्थिक वर्षको सुरुमै सार्वजनिक ऋण उठाउने मिति तय गर्न निर्देशन दिनुभएको छ । समीक्षामा समग्र बजेट कार्यान्वयन गर्ने जिम्मेवारी र नेतृत्वदायी भूमिका मन्त्रालयको भएको हुँदा चालू आर्थिक वर्षका लागि तोकिएका लक्ष्य समयमा नै प्राप्त गर्न विषयगत मन्त्रालयसँग सहजीकरणका लागि उहाँले निर्देशन दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार बहुवर्षीय ठेक्का तथा स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको मापदण्ड तथा कार्यविधि तर्जुमा गर्ने कार्य पनि शीघ्र सहजीकरण गर्न अर्थमन्त्रीले निर्देशन दिनुभयो । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …