तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै बुधवार बुबाको मुख हेर्ने दिन मनाइँदैछ ।

अन्धकार रूपी संसारमा ज्ञान एवं कर्मको दिव्य ज्योति प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गुरूका रूपमा रहेका पीतालाई छोराछोरीले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरू दिँदै बुबाको सम्मान गर्ने गर्दछन् ।

भाद्र कृष्ण औशी कुशे औशीका दिन आफ्ना बाबुको सम्मान गरिने परम्परा छ । यो दिन बाबु हुनेहरूले आफ्ना बुबाको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छन् । बुवालाई पिता, बाबा, तात ड्याडी, पापा आदि शब्दले पनि चिनिन्छ । यो दिनलाई अर्को शब्दमा पितृऔंशी, पितृ दिवस, गोर्कण औंशी, कुशे औंशी आदि पनि भनिन्छ ।

आमापछिको द्वितिय गुरुका रुपमा शास्त्रले बर्णन गरेको छ । महत्त्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पितालाई संरक्षण गर्ने , रक्षा गर्ने र पालनपोषण गर्ने चरित्रका रुपमा शास्त्रमा उल्लेख छ ।

औशीका दिन आफूलाई कर्म दिने बुवाको मुख हेर्न छोराछोरीहरू बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । यसरी बुवालाई भेट्दा आफ्नो क्षमता अनुसार मिठाई, लड्डु तथा विभिन्न खाद्यपदार्थ ख्वाउने चलन छ । पीता जीवित हुनेहरूले पितालाई मीठामीठा परिकार बनाएर ख्वाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर पीतालाई खुशी बनाउँछन् ।

विवाह भएका महिलाहरूले आफ्ना माइतमा गएर बुबाको मुख हेरी आर्शिवाद लिने गरेका छन् । तर यसपालि कोरोनाका कारण उनीहरूले बुवा भएर पनि टाढाटाढा रहेकाहरूले जस्तै गरी आफ्ना बुवालाई टेलिफोन तथा विभिन्न सामाजिक इमेल, स्काइप, फेसबूक लगायतका विभिन्न सञ्जालमार्फत सम्झने र कुराकानी गरेर आशिर्वाद लिने तयारी गरेका छन् । घरमा रहेकाले बाबुलाई भेटेरै आशिर्वाद लिँदैछन् ।

आफ्ना बृद्ध बुबालाई नजिकै हुनेहरु पनि कोरोना संक्रमणको खतराका कारण जान नसक्ने अवस्था आउँदा दुखी छन् । ‘अहिलेको औंशीमा बुबा भेट्न कोरोनाका कारण सकिएन,’ लेलेकी कान्छी खत्रीले भनिन्, ‘अर्को वर्ष के हुने हो के, बुवा बुढो भइसक्नुभयो ।’

‘बुवा भनेका पछिल्ला पिढीलाई संसारको अवस्था बुझाउने र कर्म गर्न सिकाउने भएकाले यिनको महत्त्व धर्म संस्कृतिमा मात्र नभई आधुनिक समाजमा असाध्यै बढी छ,’ संस्कृतिविद् डा. विणा पौडेल भन्छिन्, ‘दुःख कष्ट झेलेर भए पनि आफ्ना सन्तानको लालन पालन र उचित मार्ग दर्शन गर्न बुवाले प्रेरणा दिने गरेका हुन्छन् ।’

गलत बाटोमा लाग्न नदिन सुझाव दिने, सहयोग गर्ने, खुशीमा साथ दिने, दुःखमा पनि साथ दिएर त्यसबाट बाहिर निस्कन मद्दत गर्ने लगायतका काममा पछिल्लो समय पिताको भूमिका रहने उनले बताइन् । तर पछिल्लो समय आफ्ना पितालाई तिरस्कार गर्ने, पिताको मूल्यलाई महत्त्व नदिने, घरबाट निस्कन बाध्य पार्ने लगायतका क्रियाकलाप पनि भइरहेका छन् । यसैगरी औशीका दिन बाबु नहुनेले ब्राह्मणलाई सिदा दान पनि गर्दैछन् । हिन्दू धर्म परम्परामा जल दान र अन्न दानको विशेष महत्त्व रहेको हुन्छ ।

कुश भित्र्याइँदै
देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश बुधवार घरघरमा भित्र्याइँदै छ । हरेक वर्षको भाद्र कृष्णऔंशीका दिन मनाइने कुशे औंशीका दिन ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ । यस दिन ब्राह्मणद्वारा काटिएको कुशलाई घरमै राख्ने र आफ्ना जजमान कहाँ लगिदिने चलन छ । त्यही कुश वर्षभरि गरिने देव तथा पितृ कार्यमा प्रयोग गरिने प्रचलन छ ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दू धर्मावलम्बीले महत्त्वका साथ हेर्दछन् । कुश घरघर बाँड्ने भनिएपनि कुशको अभाव भएकाले औंशीका दिन कुश बाँड्न नै समस्या हुने जजमानी गर्नेहरूले बताएका छन् । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …