तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

मंगलवार नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि सबैभन्दा उच्च संख्यामा गत १९ असारमा ७ सय ४६ जनामा संक्रमण देखिएको थियो । पछिल्लो एक सातायता ४ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

पछिल्लो एक साताको अवधिमा ८० हजार १ सय ६८ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म देशभर ५ लाख ४२ हजार ८ सय ६६ जनाको कोरोना परीक्षण गरिएको छ । एक सातालाई आधार मान्दा दैनिक रूपमा ११ हजार ४ सय ५२ जनाको आरटी–पिसिआर विधिबाट कोरोना परीक्षण हुँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्रै झापाका २१, खोटाङका एक, मोरङका १ सय ८, ओखलढुंगाका एक, पाँचथरका एक, सुनसरीका ८, उदयपुरका २, बाराका ४२, धनुषाका ६४, महोत्तरीका २४, पर्साका १ सय २८, रौतहटका ३७, सप्तरीका ३, सर्लाहीका १ सय ७, सिरहाका १६, भक्तपुरका १७, चितवनका ४९, धादिङका २, दोलखाका २, काठमाडौंका १ सय ३८, काभ्रेका २१ र ललितपुरका ५० जनामा कोरोना पुष्टि भएको छ ।

मकवानपुरका ३०, सिन्धुलीका १, सिन्धुपाल्चोकका ३, बाग्लुङका ३, गोरखाका २, कास्कीका १६, लमजुङका १, नवलपरासीका चार, स्याङ्जाका एक र तनहुँका २ जनामा संक्रमण देखिएको छ ।

बाँकेका ६, बर्दियाका नौ, दाङका एक, कपिलवस्तुका १९, नवलपरासीका १, रोल्पाका १, रूपन्देहीका १४, दैलेखका ५, रुकुमका १, सुर्खेतका १, दार्चुलाका २, डोटीका ४६, कैलालीका १ तथा कञ्चनपुरका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा मंगलबार थप २ सय ५ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार मात्रै थप सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका एक/एक जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १७ हजार ५ सय ८० जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर १० हजार ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । हाल १३ हजार ९ सय २६ जना क्वारेन्टिनमा बस्दै आएका छन् ।

११८ जना आइसियू र आठ जना भेन्टिलेटरमा

देशभर १ सय २६ जना आइसियू र भेन्टिलेटरमा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ सय १८ जना आइसियूमा र आठ जना भेन्टिलेटरमा उपचाररत छन् ।

जसअन्तर्गत प्रदेश १ मा चार जना, प्रदेश २ मा ४६ जना, बाग्मती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १० जना आइसियूमा उपचाररत छन् ।

यस्तै, बाग्मती प्रदेशमा आठ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २ हजार ८ सय ८७ जना होम आइसोलेसनमा रहेको बताइएको छ । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …