तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जामा एक थुनुवा कैदीलाई कोरोना भाइरसको सङक्रमण पुष्टी भएको छ। जबरजस्ती करणी मुद्धामा बिगत ४ बर्षदेखि जिल्ला कारागार स्याङ्जामा रहेका बन्दी कैदीमा कोरोना पुष्टी भएको हो ।

कैदीलाई एक हप्ता देखि रुघाखोकी तथा ज्वरो देखिए पछि आइतबार पीसीआर टेष्टको लागि स्वाब संकलन लिई गरिएको परीक्षणमा कोरोना सङक्रमण भेटिएको हो।

जिल्लामा साउन १३ गतेदेखि निषेधाज्ञा जारी रहेको अबस्थामा कैदीलाई भेट्न आउने कुरै भएन , सुरक्षा प्रमुख सहित ४१ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण भेटिएपछि भित्र बाहिर निश्कन बन्द छ, सुरक्षा समेत नेपाली सेनाले दिएको छ, कैदीको कोहि कसैसंग हेलमेल समेत नभएको अबस्थामा कसरी कोरोना संक्रमण देखियो अनौठो लागेको जेलर चुडा मणी भण्डारी बताउछन्।

सुरक्षाकर्मीमा कोरोनाा देखिएपछि कसैलाई पनि भित्र आउन नदिएको र भेट्न समेत नदिएको जेलर भण्डारीले बताए ।

कैदीमा सङक्रमण पुगेसगै स्याङ्जामा कोरोना सङक्रमितको संख्या ३०४ पुगेको छ भने १७२ जना निको भै सकेका छन् । जिल्लामा कोरोनाका कारण दुई जनाको निधन भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …