तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

धरानमा कोरोना संक्रमितको उपचारमा चरम लापरवाही गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितलाई भर्ना लिन छाडेपछि धरान उपमहानगरवासी जोखिम मोलेर घरमै बस्न बाध्य छन् ।

बेड अभावको कारण देखाउँदै प्रतिष्ठानले सोमवार १२ जना संक्रमितलाई भर्ना गरेन । सरकारले कोरोना संक्रमण रोकथाम र उपचारमा करोडौं रकम खर्च गरेको बताए पनि प्रतिष्ठानले लापरवाही गरेको सेवाग्राहीको आरोप छ ।

संघीय र प्रदेश सरकार यसबारेमा चासो नदेखाएपछि स्थानीय तहका जनप्रतिनिधिले विरोध जनाएका छन् ।

संक्रमित चिकित्सक नै बिरामीको उपचारमा संलग्न हुनु चरम लापरवाही भएको सेवाग्राहीको तर्क छ । आइतवार नाक, कान, घाँटी विभागका कोरोना संक्रमित चिकित्सक बिरामीको उपचारका लागि शल्यक्रिया विभागमा गएपछि सेवाग्राही असुरक्षित भएका उद्योग वाणिज्य संघ सुनसरीका सदस्य विष्णु बरालले बताए ।

प्रतिष्ठानले १२ जना संक्रमितलाई घरमै होम आइसोलेसनमा बस्न भन्दै फिर्ता पठाएको धरान उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए । धरानमा पछिल्लो समय भारतीय सेनामा कार्यरत नेपाली, वैदेशिक रोजगारीमा गएकामा संक्रमण देखिएको छ ।

तीनकुनेस्थित प्रीति भल्भबाट पनि संक्रमण फैलिएको छ । धरानमा संक्रमितको संख्या ५५ पुगेको छ । समुदायस्तरमा संक्रमण फैलिसकेको अवस्थामा बीपी प्रतिष्ठानले उपचार सहज नबनाउँदा जोखिम झनै बढेको धरान उपमहानगरका मेयर तिलक राईले बताए ।

प्रतिष्ठान उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्थानीय निकायसँग समन्वय नगरेका उनको आरोप छ । यसबारेमा जानकारी लिन गिरीसँग पटक–पटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । एक सय बेडको कोभिड अस्पताल प्याक भएकाले नयाँ संक्रमितलाई भर्ना लिन नसकिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । संक्रमितलाई व्यवस्थापन गर्न केही समय लाग्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल बताउँछन् । सुनसरीको भुटाहा अस्पतालमा ५० बेडको आइसोलेसन र चतराको कृष्णदास आश्रममा प्रदेश सरकारले अर्को आइसोलेसन स्थापना गर्ने तयारी गरेको उनले बताए ।

कोरोना संक्रमित ओपीडीमा जँचाउन आएपछि प्रतिष्ठानले बुधवारदेखि ओपीडी सेवा बन्द गरेको छ । प्रतिष्ठानका चिकित्सक र नर्स संक्रमित हुन थालेपछि अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गरिएको प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहले बताए ।

प्रतिष्ठानले संक्रमितलाई भर्ना नलिए पछि धरान उपमहानगरले छुट्टै आइसोलेसनको व्यवस्था गरेको छ । धरान उपमहानगरपालिका–१९ स्थित हरियाली सामुदायिक वनको भवनमा २२ बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको मेयर राईले बताए । सेन्टरमा सीसीटीभी जडान गरी बाहिरी सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …