तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा घरबारविहीन भएकाको घर बाग्मती प्रदेश सरकारले निर्माण गर्ने भएको छ । त्यसैगरी प्रदेश सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाका प्रतिपरिवारलाई एक लाख रुपियाँसमेत सहयोग गर्ने भएको छ । बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले असार २५ गते अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकमा पूर्ण रूपमा क्षति भएका घर प्रदेश सरकारले निर्माण गर्ने जानकारी दिनुभयो  । प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरूप एक लाख रुपियाँ प्रदान गरिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । 

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा रहेको बाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले सो निर्णय गरेको हो । उहाँले हरेक आपद्विपद्मा प्रदेश सरकार जनताको साथमा रहेको बताउँदै मुख्यमन्त्री पौडेलले बाढी पहिरोका कारण प्रदेशका अन्य जिल्लामध्ये सिन्धुपाल्चोकमा अहिलेसम्म बढी क्षति भएको देखिएको छ, त्यहाँ पूर्ण रूपले क्षति भएका घरको निर्माण प्रदेश सरकारले गर्नेछ भन्नुभयो ।

उहाँले सम्बन्धित स्थानीय तहको समन्वयमा घर निर्माण गरिने बताउँदै घर निर्माण गर्न सबैभन्दा पहिले सम्बन्धित स्थानीय सरकारले जग्गा उपलब्ध गराउनुपर्छ, यसरी उपलब्ध गराइएको जग्गामा प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिनेछ भन्नुभयो । 

राहतस्वरूप सरकारले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोसी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा दस लाख रुपियाँ राहत रकम उपलब्ध गराउने निर्णय गरिसकिएको छ । गोरखापत्र दैनिकमा खबर छ 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …