तनहुँ — बन्दीपुरको नहालाकी मन्जु अधिकारी सोमबार साँझको घरायसी काममै व्यस्त थिइन् । नाहाला टोलका अध्यक्षलगायत घरमा आए । वर्षाका कारण घर जोखिममा रहेकाले उनलाई सपरिवार सुरक्षित ठाउँमा सर्न आग्रह गरे । बेलुकीको खाना खाएर १४ र ८ वर्षका छोरालाई लिएर मञ्जु देवर अर्जुनको घरमा बस्न गइन् ।
भोलिपल्ट बिहान बाहिर निस्कँदा आफ्नो घर तल सरेको भेटिन् । देवरको घर पनि भासिन लागेको महसुस भयो । हतार हतार छोरा र देवरका परिवारलाई उठाइन् । सबै जना निस्किएलगत्तै अर्जुनको घर पनि भासियो ।
‘चाँडै उठ्नाले परिवारकै ज्यान बच्यो । अलिकति ढिला भएको भए के–के हुन्थ्यो–हुन्थ्यो,’ उनले भनिन् । अर्जुन, उनकी श्रीमती र ७ वर्षको छोरा थिए । घर पहिरोले लग्छ भन्ने कुनै शंकै थिएन । ‘देवरको घर सुरक्षित हुन्छ कि भनेर बस्न आएका थियौं । यही घर पनि जमिन भासिएर लग्यो उनले भनिन् ।
भूकम्पले भत्काएको घर देवरले पोहोरमात्रै नयाँ बनाएका थिए । वडाध्यक्ष भानुभक्त पोखरेलका अनुसार भूकम्पले पहिलै जमिन चर्किएको थियो । वर्षामा मूल पलाउँदा पहिरोको जोखिम बढेको हो । बन्दीपुर–१ नाहालामा पहिरोले ५ घर पूर्ण क्षति, ३ घर बगाएको र १५ घर जोखिममा रहेको उनले बताए । तनहुँका एसपी अरुण पौडेलका अनुसार राजमार्ग क्षेत्रमा मात्रै करिब २५ घर पहिरोले भत्काएको छ ।कन्तिपुरदैनिकमा सम्झना रसाइलीले लेखेकी छन्।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …