तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

प्रदेश सभामा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका सचेतकलाई पनि सुविधा दिने गरी प्रदेश ५ सरकारले ऐन संशोधन गर्न लागेको छ । बिहीबारको प्रदेश मन्त्रिपरिषद्को बैठकले सहमति दिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूचीमा हेरफेर गर्न स्वीकृत दिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

यसअघि प्रदेश संसद्मा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकसम्मलाई सेवा–सुविधा दिने व्यवस्था थियो । अब सचेतकलाई पनि सेवा–सुविधा दिन लागिएको हो । त्यस्तै, प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलका प्रमुख सचेतकलाई पनि सुविधा दिन खोजिएको छ । उनीहरूलाई सामान्य सुविधा दिने गरी ऐन संशोधन गर्न लागिएको प्रवक्ता चौधरीले बताए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले यातायात क्षेत्रमा लाग्ने सबै प्रकारका विलम्ब शुल्क र जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था कार्यालयहरूबाट लिने सवारी दर्ता नवीकरण, जाँचपास, लाइसेन्स नवीकरणलगायत सबै प्रकारका दस्तुरको विलम्ब शुल्क र जरिवाना असोज मसान्तसम्म लाग्नेछैन । लकडाउनका कारण सवारीसाधन चल्न नसकेकाले विलम्ब शुल्क र जरिवाना मिनाहा गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमातहतका निकायबाट प्रदान गरिने सेवाबापत लिइने सेवा शुल्क तथा दस्तुरहरूको दररेट स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले कृषिमा सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ को पहिलो संशोधन गर्ने निर्णय पनि गरेको छ । नयाँ पत्रिकामा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …