तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोलिमर नोट छपाइमा अनियमितता आरोप लागेका पूर्वगभर्नर डा. तिलक रावलसहित तीन जनालाई विशेष अदालतले अभियोगबाट सफाइ दिएको छ ।

अदालतले रावलसहित नेपाल राष्ट्र राष्ट्र बैङ्कका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र नोट प्रिन्टिङ अस्ट्रेलियाका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई सफाइ दिएको हो । अभियोग दाबीलाई प्रमाणले समर्थन नगरेको भन्दै तीनै जनालाई अदालतले सफाइ दिएको हो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले तीनै जनाले सफाइ पाएको बताउनुभयो । न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको इजलासले अख्तियारले सही रूपमा प्रमाण मूल्याङ्कन नगरेकाले शङ्काकै आधारमा दोषी ठहर गर्न नमिल्ने भन्दै सफाइ दिएको हो । अदालतले सफाइमा मुख्य तीन आधार लिएको छ । त्यसमा नोट खरिद सम्झौतअघि भएको ईमेल पत्राचार विश्वस्त नभएको, प्रमाणको मूल्याङ्कन सही रूपमा हुन नसकेको आधार लिइएको छ । अदालतले शङ्काकै आधारमा मात्र दोषी कायम गर्नु गलत हुने भन्दै सफाइको आधार लिएको छ ।

१० रुपियाँका पाँच करोड थान पोलिमर नोट छपाइमा अनियमितता भएको अभियोगमा अख्तियारले २०७५ पुस ५ गते मुद्दा दायर गरेको थियो । अख्तियारले तत्कालीन गभर्नर रावलसँग ९१ लाख नौ हजार ८८९ रुपियाँ बिगो दाबी गरेको थियो । यस्तै राष्ट्र बैङ्कका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्यालसँग पनि सोहीबमोजिम बिगो दाबी गरिएको थियो । अख्तियारले कम्पनीका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेसँग पनि समान बिगो दाबी गरेको थियो । पाँडे मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हुन् ।

तीनै जनामाथि गुणस्तरहीन नोट छपाइ गरेको, गैरकानुनी रूपमा मिलेमतो गरी स्थानीय एजेन्टमार्फत आर्थिक लाभ लिएको आरोप अख्तियारको थियो । बोलपत्रको सूचना तथा गोप्य दस्तावेजसमेत चुहाउने गरी पत्राचार भएको आरोप पनि अख्तियारको थियो । तर, अदालतले उक्त पत्राचारलाई प्रस्ट नभएको फैसलामा उल्लेख गरेको छ । अख्तियारले राजस्वसमेत छल्ने नियतका साथ परल मूल्यभन्दा चार डलर थप मूल्य बढाएर सम्झौता गरेको पनि आरोप लगाएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …