तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एकै दिन चार कर्मचारी रंगेहात पक्राउ

आर्थिक वर्षको अन्तिममा सरकारी कार्यालयमा घुसखोरी बढेको छ । मंगलबार मात्र फरक–फरक कार्यालयका चारजना कर्मचारी रंगेहात घुससहित पक्राउ परेका छन् । आर्थिक वर्षको अन्तिममा धेरै भुक्तानी हुने भएकाले त्यसबापत घुस लेनदेन हुने गरेको छ । खासगरी विकासको काम हुने सरकारी कार्यालयमा ठेकेदारलाई भुक्तानीका लागि घुसखोरी बढेको हो ।

मंगलबार सिँचाइ, मालपोत, घरेलु तथा स्थानीय तहका कर्मचारीहरू पक्राउ परेका छन् । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठ नौ लाख ३४ हजार रुपैयाँसहित पक्राउ परेको आयोगले जनाएको छ । निर्माणाधीन सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि उनले २० लाख रुपैयाँ घुस मागेका थिए । पछि १० लाख लिन तयार भए । पीडित बनेका ठेकेदारले घुस दिनुअघि अख्तियारलाई सूचना दिएकाले उनी पक्राउ परेका हुन् । उनलाई निवासबाटै घुससहित पक्राउ गरिएको हो । सिँचाइ योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांश ठेकेदार तथा उपभोक्ता समितिसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै श्रेष्ठले पटक–पटक बार्गेनिङ गर्दै आएको सेवाग्राहीको गुनासो छ ।

कैलालीको जोशीपुर गाउँपालिकाका नासु सिद्धराज जोशी ८५ हजार रुपैयाँ घुससहित पक्राउ परेको आयोगले जनाएको छ । उनले पनि भुक्तानीबापत घुस लिएका हुन् । सिलाइ, सैलुन तथा चुरा बनाउने तालिम दिएको एक संस्थालाई भुक्तानी दिन उनले घुस मागेका हुन् । गाउँपालिकाको कार्यालयबाटै घुस रकमसहित जोशीलाई पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए । जोशी गाउँपालिकाको सूचना अधिकारी पनि हुन् । सीपमूलक तालिम सञ्चालन गरेको रकम भुक्तानी गरिदिएबापत उनले घुस लिएको खुलेको विष्टले बताए ।

घरेलु तथा साना कार्यालय नेपालगन्जका उद्योग अधिकृत हुकुमबहादुर ओली ९६ हजार तीन सय रुपैयाँसहित पक्राउ परेका छन् । ठेक्कापट्टाको लाइसेन्स बनाइदिने बहानामा सेवाग्राहीसँग ९६ हजार तीन सय रुपैयाँ लिँदै गर्दा आयोगको टोलीले ओलीलाई नियन्त्रणमा लिएको आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले बताए । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारीसमेत रहेका ओलीको बारेमा आयोगले थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

मंगलबार नै मालपोत कार्यालय राजविराजका नासु कृष्णबल्लभ ठाकुर १३ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । ट्रायल चेक गरी बढी जग्गाको श्रेस्ता कायम गराइदिने भन्दै उनले घुस लिएका हुन् ।

अघिल्लो वर्ष आर्थिक वर्षको अन्तिममा धेरै इन्जिनियरहरू घुससहित पक्राउ परेका थिए । यो वर्ष इन्जिनियरहरू भने पक्राउ परेका छैनन् । हरेक भुक्तानीमा लेखाका कर्मचारीले करिब १० प्रतिशत कमिसन माग्ने गर्दछन् । मिलेमतोमा हुने ठेक्कामा गोप्य रूपमा लेनदेन हुनेमा कतिपय ठेकेदारले भने अख्तियारलाई खबर गर्ने गरेका छन् नयाँ पत्रिकामा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …