तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

असार २६ गते राति जिल्लाका विभिन्न तीन स्थानमा गएको पहिरोमा परी मृत्यु भएकाको परिवारलाई गण्डकी प्रदेश सरकारले राहतस्वरुप आर्थिक सहयोग गरेको छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले साेमबार पोखरा–१८ सराङकोटका पाँच तथा वडा नं २५ हेम्जा र वडा नं २६ लेखनाथस्थित पैतेडाँडाका एक÷एक जना गरी सात जना मृतकका परिवारलाई जनही ५० हजारका दरले राहत प्रदान गरेका हुन्।

सराङकोटको गोठादीमा मृत्यु भएका टङ्कबहादुर थापा र सोममायाका काका नाता पर्ने सोमबहादुर थापालाई राहत प्रदान गरियो।  इसिका राईका बुबा राजकुमार, सुवान थापाका बुबा पद्म थापा तथा शीतल श्रेष्ठको सानो बुबा सविन थापालाई जनही ५० हजारका दरले प्रदान गरिएको थियो। 

त्यसैगरी हेम्जास्थित मेलबोटमा पहिरोमा परी मृत्यु भएका हिमकली अधिकारीका बुहारी दीपा अधिकारी तथा पहिरोले घर पुरिँदा मृत्यु भएका दुर्गाबहादुर सुनारका श्रीमती विमला सुनारलाई मन्त्री चुमानले ५०-५० हजारका दरले हस्तान्तरण गरेका थिए। राहत वितरण गर्दे मन्त्री चुमानले प्राकृतिक बिपत्तिसँग जुध्नका लागि सरकारले प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिको परिचालन गर्ने बताए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …