तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गलत ढंगले जग्गा पास गरिदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव टिकाराम ज्ञवालीसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गलत कागजातका आधारमा हदबन्दीमा रोक्का रहेको जग्गा नक्कली जग्गाधनी खडा गरी विक्रीमा सघाएको आरोप उनीहरुमाथि छ । गलत निर्णयका कारण ३२ विगाहा जग्गा गलत व्यक्तिका नाममा दर्ता भएको अख्तियारको आरोप छ ।

अख्तियारले तत्कालिन प्रमुख मालपोत अधिकृत टिकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, नासु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालिन गाविस सचिवहरु नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल, कम्प्युटर अपरेटर सुवास खड्का, खरिदार नेत्रबहादुर चौधरी, अमृतकुमार मगर, खगेन्द्र पराजुली र गेरमी गाविसका रविकुमार खत्रीविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुमाथि ५ करोड ५ लाख ४२ हजार रुपैयाँका दरले विगो मागदाबी गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …