तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भारी वर्षासँगै आएको बाढीले पोखरा फेवातालको मुहानमा निर्मित्त चेक ड्याम बगाएको छ । घाँटीछिनास्थित हर्पणखोलामा निर्माण गरिएका २ वटा चेक ड्यामको निर्माण कार्य भर्खरै मात्र सम्पन्न भएको थियो ।

जसमध्ये एउटा ड्याम बाढीले बगाएको हो । हर्पणखोलाको पानीको बहाव बढेपछि उक्त ड्याम बगाएको पोखरा महानगका इन्जिनियर विमल आचार्यले बताए ।

‘३४ मिटर लम्बाइमा ३ लेयर (तह) मा चेक ड्याम बनाइएको थियो,’ आर्चायले भने, ‘जसमध्ये माथिल्लो ड्यामको १० मिटर बगाएको छ । निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण गर्ने तयारीमा थियौ ।’ उक्त योजनाको अन्तिम बिल भुक्तानीको काम बाँकी रहेको उनले बताए ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवाताल संरक्षणको लागि हर्पनखोला, अँधेरीखोला, लौरुकखोला र बेतनीखोलामा ४ वटा ड्याम निर्माण गरिएको ड्याममध्येको यो एक हो ।

माथिबाट पहिरो जाने र पानीको बहाब बढेपछि भत्किएको ड्यामका कारण डुडेफाँटको बस्ती जोखिममा रहेको स्थानीयले बताएका छन् । खोलाले उत्तरतर्फको ड्याम नै बगाएपछि बस्तीमा खोलो पस्ने त्रास स्थानीयमा बढेको छ । ‘न्यून गुणस्तरीय भएको भए सो ड्याम पुरै बगाउने थियो र अन्य ड्याम पनि बगाउने थियो,’ इन्जिनियर आचार्यले भने ।

एकजना प्राविधिका अनुसार ड्याम साह्रै कमजोर थियो । उनले भने,’गुणस्तर भन्ने कुरा दोस्रो कुरा हो । पहिलो चरणमा ड्यामको डिजाइन कस्तो छ भन्ने हो ? ठाडो खोलामा वेगले बग्ने पानीमा बनाइएको यो ड्यामको डिजाइन नै कमजोर थियो । यो ड्याम निर्माण गर्ने क्रममा नै मलाई भत्किन्छ भन्ने लागेको थियो । अन्य बाँकी ड्याम पनि भत्किन्छन् ।’

अहिलेको वर्षातमा नभएपनि अर्को वर्षातमा भत्किने उनले दाबी गरे । ‘कमजोर डिजाइनले बनाइएका संरचना टिक्दैनन,’ उनले थपे, ‘साधारण किसिमको डिजाइनमा ड्याम निर्माण छ । माथिकै ड्याम भत्किएपछि ढुँगा, गेग्रेन तलै बगाएर ल्याउँछ र ड्याम भत्काउँछ ।’ सामान्य डिजाइनको ड्याम ठाडो खोलामा टिकाउने नहुने उनले बताए । सो ड्याम ७ करोड ८८ लाख रुपैयाँमा निर्माण गरिएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …