तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको आरोप प्रत्यारोप झनै बढेको छ । दुबैले यतिबेला कानुनी बाटो रोज्ने चेतावनी एकअर्कालाई दिएका छन् । पाँच दिनअघि अभिनेत्री साम्राज्ञीले एउटा भिडियो इन्स्टाग्राममा राख्दै सो भिडियोमा आफ्नो पीडा व्यक्त गरेकी थिइन् । त्यसपछि उनले अर्को भिडियो फेरि पोस्ट गर्दै भुवन केसीले आफूमाथि चलचित्र ड्रिम्सको बेला शोषण गरेको सो भिडियोमा बताएकी छन् ।

साम्राज्ञीको यो भिडियो आएपछि अभिनेता भुवन केसीले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न साम्राज्ञीलाई चेतावनी दिएका छन् । अभिनेता केसीले नेपाल चलचित्र कलाकार संघको अनुशासन समितिमा एक निवेदन दिँदै आफूलाई साम्राज्ञीले लगाएको आरोपविरुद्ध न्यायका लागि अपिल गरेका छन् । उनले प्रहरीमा पनि यो प्रकरणको छानबिनका लागि उजुरी हाल्ने जानकारी गराए ।

कलाकारहरूबीचको विवाद मिलाउन नेपाल चलचित्र कलाकार संघले अनुशासन समिति गठन गरेको छ । अभिनेता केसीले सो समितिमा न्यायको माग गर्दै निवेदन हालेका हुन् । उनले सो आरोपबारे छानबिन होस् भन्दै आफ्नो चरित्रहत्या गर्ने काम साम्राज्ञी राज्यलक्ष्मी शाहबाट भएको निवेदनमा उल्लेख गरेका छन् ।

आफूले साम्राज्ञीलाई चलचित्र ड्रिम्समा मुख्य भूमिकामार्फत नायिकाको रूपमा नेपाली चलचित्रमा ल्याएको र फिल्मको छायांकनदेखि रिलिजसम्म कुनै पनि दुव्र्यवहार नगरेको केसीले सो निवेदनमा जनाएका छन् । आपूmमाथि कपोलकल्पित आरोप लगाएको भन्दै त्यतिबेला छायांकनमा रहेका कलाकार र प्राविधिकहरूलाई सोध्नका लागि पनि अभिनेता भुवन केसीले कलाकार संघलाई अनुरोध गरेका छन् । उनले आफूमाथि लगाएको आरोप पुष्टि गर्न साम्राज्ञीलाई चुनौती पनि दिएका छन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले संघमा भुवन केसीको निवेदन संघमा परेको बताए । आफूहरूले दुवै पक्षलाई बोलाएर वार्ता गराउने र सकेसम्म समन्वय गर्ने पनि उनले बताएका छन् । कलाकारहरूबीच यस्तो विवाद हुनु दुःखको कुरा भन्दै आफूलाई यस्ता विवादलाई मिलाउने पक्षमा रहेको उनले बताए ।

यता साम्राज्ञीले तेस्रो भिडियो बिहीबार बेलुका इन्स्टाग्राममा पोस्ट गर्दै आफूमाथि शोषण भएको दाबी गरेकी छन् । यो विषयमा अब कानुन व्यवसायीसँग छलफल गरेर न्यायको लागि अपिल गर्ने पनि उनले बताएकी छन् ।

पहिलो चलचित्र ड्रिम्स र त्यसपछि अरू दुईवटा फिल्ममा पनि आफूमाथि शोषण भएको उनले बताएकी छन्, ‘धेरैले मलाई त्यतिबेला शोषण भएको कुरा किन नबोलेको भनेर प्रश्न उठाएका छन् । त्यतिबेला म सानो थिएँ र बोल्न खोज्दा अरूले रोकेपछि नबोलेको हुँ र अहिले त्यो विषयमा बोल्ने सही समय हो,’ उनले भनेकी छन्, ‘अहिले यो कुरा भन्दा मन निकै हलुका भएको छ । अबका दिनमा आफूमाथि कसैले यस्तो गरेको खण्डमा सोझै कानुनी बाटो रोज्नेछु ।’

सुरुका तीनवटा फिल्मबाहेक त्यसपछि आफूलाई काम गरेको पाँच फिल्ममा निर्माता निर्देशक र कलाकारहरूले सम्मानसँगै पूर्ण सहयोग गरेको पनि उनले बताएका छन् । सुरुका तीनवटा फिल्ममा भोगेको दुव्र्यवहारबाट चलचित्र उद्योग नै छाड्ना लाग्दा आमाले आफूलाई रोकेको पनि साम्राज्ञीले बताएकी छन् ।

बाँकी पछिल्लो फिल्ममा पाएको साथ, सहयोग र सम्मानबाट नेपाली चलचित्र क्षेत्रमा असल र राम्रा मान्छे पनि हुँदा रहेछन् भन्नेबारे जानकारी पाएको पनि उनले बताइन् । विगतमा काममा व्यस्त हुँदा पुराना कुराबारे सोच्ने अवसर नपाए पनि अहिले घरमा बस्नुपर्दा पुराना कुराले निकै सताएको र सोही कारण आफूले बोलेको पनि उनले स्पष्ट पारेकी छन् ।राजधानी दैनिकमा खबर छ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …