तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोना संक्रमण देखिएको छ । हिमायल एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठका अनुसार, कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक हुन् । उनी हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका निगरानीमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले बताए ।

सानो गौचरनस्थित एक अपर्टामेन्टमा एक अर्का पाइलटसँगै बस्दै आएका ती पाइलट हिमालय एअरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन हुन् । उनका अर्का साथीलाई भने कोरोना नदेखिएको श्रेष्ठले बताए ।

‘उनको पीसीआर परीक्षण पोजिटिभ देखिएपछि उनीसँगै उडेका अन्य चालक दलका सदस्यको पनि स्वास्थ्य जाँच गरिएको थियो तर सबैको रिपोर्ट नेगेटिभ आयो,’ श्रेष्ठले भने ।

हिमालय एयरलायन्सका एक पाइलटका अनुसार, ती मेक्सिकन पाइलटमा कोरोना देखिएपछि हिमालयले इमेलमार्फत अरु पाइलट, क्याबिन क्रूलाई सर्तकता उपनाउन निर्देशन दिएको छ । चार वटा एयरबसका न्यारोबडी जहाज भएको हिमालय एयरलायन्समा १८ विदेशीसहित ४३ जना पाइलट र करिब ८० जना एयरहोस्टेस छन् ।

हिमालयले हरेक कार्गो तथा उद्धार उडानअघि र पछि चालक दलका सदस्यको आरडीटी परीक्षण गरेर पठाउने जनाएको छ । ‘हामी पाइलट, एयरहोस्टेसलगायत उडानमा प्रत्यक्ष खटिने कर्मचारीको उडानअघि र पछि आरडीटी जाँच गर्दै आइरहेका छौं,’ उपाध्यक्ष विजय श्रेष्ठ भन्छन्, ‘उडानमा खटिनेको स्वस्थ्य जाँच गर्न विमानस्थलमै स्वास्थ्यकर्मी राखेका छौं ।’

यी पाइलटअघि हिमालयकै एक जना एयरहोस्टेसमा आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ देखिएको थियो । तर, उनको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी काममा फर्किएको एयरलायन्सले जनाएको छ ।

सरकारले चैत ९ गतेदेखि व्यावसायिक उडानमा रोक लगाएपछि हिमालय एयरलायन्सले आफ्ना चारवटै विमानलाई काठमाडौंमा ग्राउन्डेड गरेको थियो । करिब एक महिना बन्द भएको हिमालयले वैशाख १४ देखि मेडिकल कार्गो उडान थालेको थियो । असार २ गतेदेखि हिमालयले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्दै आएको छ । त्यसयता हिमालयले कम्तीमा २३ वटा उद्धार उडान गरिसकेको छ ।

सरकार स्वामित्वको नेपाल वायुसेवा निगमले भने चालक दलका लागि होटल सोल्टी क्राउन प्लाजामा क्वारेन्टाइन स्थापना गरेको छ । निगमले उडानमा जाने चालक दलका सदस्यलाई पीसीआर परीक्षण गराउँदै घर पठाउने गरेको छ ।

‘आरडीटीको विश्वसनीयतामा धेरै विज्ञहरुले नै प्रश्न गरेकाले क्वारेन्टाइन स्थापना गरेर पीसीआर परीक्षण विधि अपनाउने निर्णय गरेका हौं,’ निगमका एक उच्च अधिकारीले भने, ‘यो विधि अपनाएकाले पाइलटहरुलाई होटलमा राख्दा प्रतिव्यक्ति कोठाको ५५ डलर र २०–२० डलरमा डिनर र लन्च तथा त्यसमा लाग्ने १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याटसहित अरिरिक्त खर्च थपिएको छ ।’

ती अधिकारीका अनुसार, निगमले नै गर्ने पीसीआर परीक्षणमा ५५ सय रुपैयाँ पर्छ । ४/५ दिन उडान गरेपछि मात्रै चालक दलका सदस्यलाई पीसीआर परीक्षण गराएर निगमले घर पठाउने गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …