तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काभ्रेको धुलिखेल नगरपालिका– २ रविओपीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु भएको छ ।

बनेपाबाट रविओपी जाँदै गरेको बा.३६प ५०५२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट रविओपी जाँदै गरेको बा.४छ ६३८६ नम्बरको टिपरले ठक्कर दिँदा ५० वर्षीय वेदप्रसाद कोइराला र उनका दाजु ५५ वर्षीय गोवर्द्धन कोइरालाको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाका अनुसार दुवैको शव बनेपाको शिर मेमोरियल अस्पतालमा राखिएको छ । ठक्कर दिने टिपरचालक फरार रहेको र खोजी भइरहेको उनले बताए । स्थानीयले लापरबाही गरी टिपर चलाउने चालकलाई कारबाहीको माग गरेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …